धनगढी : धनगढीका युवा ब्यवसायी पुर्ण प्रसाद खनालले आफ्नी छोरी प्राप्ती खनालको पहिलो जन्मदिन दृष्टी फाउण्डेशनमा बनाएका छन् । धनगढी उप महानगरपालिका वडा नम्बर १३ मा रहेको दृष्टी फाउण्डेशनमा खनालले छोरी प्राप्तीको पहिलो जन्मदिन मनाएका हुन् ।
खनालले दृष्टी फाउण्डेशनमा गई त्यहाँ रहेका असहायहरुलाई साझँको खाना खुवाएका हुन् । मानसिक अवस्था बिग्रेका तथा सडक पेटीमा बस्दै आएका ४० जना बेसाहारा तथा १२ जना बालबालिकाहरुलाई आश्रय दिदै आएको फाउण्डेशनमा खनालले साँझको खाना खुवाएका हुन् । खनाल बैवाहिक बर्षगाँठ, छोराको जन्मदिन लगायतका कार्यक्रममा बिगतबाटै सामाजिक सेवा स्वरुप फाउण्डेशनमा सहयोग गर्दै आएका छन् । खनालले हालसम्म ५ पटक फाउण्डेशनमा यस्ता कार्यक्रम गरिसकेका छन् ।
आश्रय लिइरहेकाहरुलाई साँझको खाना खुवाउँदै खनालले छोरीको पहिलो जन्मदिनमा सामान्य सहयोग गरेको बताए । धेरै गर्न सक्ने अवस्था नभएपनि आफुले गर्दा फाउण्डेशनलाई केही सहयोग पुगोस भन्ने उद्देश्यले साँझको खाना खुवाएको उनले बताए ।
फाउण्डेशनकी अध्यक्ष कल्पना भट्टले खनाललाई धन्यवाद दिएकी छिन् । हरेक समयमा सहयोगका लागी पुग्ने खनाललाई उनले धन्यवाद दिएकी हुन् । धनगढी उप महानगरपालिका वडा नम्बर ७ मा रहेको दृष्टी फाउण्डेशन हाल धनगढी उप महानगरपालिका वडा नम्बर १३ मा सरेको छ । यहाँ जानका लागी धनगढी हसनपुर हुँदै ढुगेंबजारबाट सहज हुने भट्टले बताएकी छिन् ।