धनगढी। धनगढी ५ मा रहेको एक्सीस बिद्या आश्रमले वार्षिक उत्वसको अवसरमा रोवर्ट देखी बिद्युतिय गाडीसम्म प्रर्दशनी गरेको छ। एक्सीस माध्यमिक बिद्यालयले १८ औँ बार्षिक उत्वस तथा अबिभावक दिवसको अवसरमा सो सामाग्री प्रर्दशनी गरेको हो।
बिद्यालयको प्राङ्गणमा आयोजित बार्षिक उत्वस तथा अबिभावक दिवसको अवसरमा साँस्कृतीक कार्यक्रम,बिद्यार्थीले बनाएका ग्लाडर, क्वीज बक्स, रोवर्ट प्रर्दशनी गरिएका हुन् । यस्तै बिद्याथीहरुले बनाएका बिद्युत रिमोट कन्ट्रोल, बिद्युतबाट पानी तताउने, वाटर रकेट, बिद्युतीय गाडी, पंखा, पानी फिल्टर, सडक बत्ती, स्मार्ट सिटीको नमुना, जेसीबी लगायतका सामाग्री प्रर्दशन गरिएको बिज्ञान शिक्षक केशव महराले जानकारी दिए । उनले यी सामाग्री बिद्यार्थीहरुले आफैले बनाएर प्रदर्शनी गरेको बताए। यस्तै वार्षिकोत्सवको अवसरमा बिभिन्न बिद्याथीहरुले साँस्कृतीक कार्यक्रममा नाचगान तथा नाटक प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए।बिभिन्न बिद्यामा बर्षका उत्कृष्ट ६ जना बिद्यार्थी, कक्षाका उत्कृष्ट ३९ जना बिद्यार्थी र असाधारण बिद्यार्थी एक जनालाई पुरस्कार बितरण गरिएको बिद्यालयले जनाएको छ। यस्तै बार्षिक उत्वस तथा अबिभावक दिवसको अवरसरमा बिद्यार्थी, अबिभावक, शिक्षक तथा अतिथीलाई सम्मान पत्र प्रदान गरिएको थियो।बिद्यालयको १८ औँ बार्षिक उत्वस तथा अबिभावक दिवसमा अनिता पन्तको सभाध्यक्षको भएको कार्यक्रममा प्रमुख अतिथी धनगढी उपमहानगरपालीकाका शिक्षा महासाखा प्रमुख नरेन्द्र खाती रहेका थिए।
अतिथीमा ऐश्वर्या माध्यमिक बिद्यालयका प्राचार्य प्रेम निधी ओझा, नाष्ट माध्यमिक बिद्यालयका प्राचार्य शिवहरी मुडभरी, पञ्चोदय माध्यमिक बिद्यालयका पुर्व प्राचार्य यादव जोशी,पदम सिँह कुँवर, कैलाली जनपुस्तकालयका अध्यक्ष डाक्टर टि.एन जोशी,कैलाली बहुमखी क्याम्पसका प्राध्यापक सिताराम भट्ट, दिनेश पौडेल, डाक्टर प्रेम साउँद रहेका थिए। यस्तै घोडाघोडी नगरपालीकाका पुर्व मेयर ममता प्रसाद चौधरी, धनगढी नगरपालीकाका पुर्व मेयर खेमराज पाण्डेय, सुदुरपश्चिम प्रदेशसभाका सदस्य धर्मराज पाठक लगायतको उपस्थीत रहेको थियो। कार्यक्रम सञ्चालन बिद्यार्थी एवम् शिक्षकहरुले गरेका थिए। एक्सीस माध्यमिक बिद्यालयमा पिजी कक्षा देखी १२ सम्म पढाई हुँदै आएको छ।