दार्चुला। दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। दार्चुलाको मार्मा गाउँपालिका ३ नलबगडस्थित सडकमा माटो फाल्ने टिप्परको ढाला नांगो बिजुलीको तारमा लागेर टिप्पर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानी बस्ने २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजाने बेला बाटोमै ज्यान गएको दार्चुला प्रहरी निरीक्षक राजेश शाहीले बताए। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक शाहीका अनुसार टिप्पर सहचालक मार्मा गाउँपालिका ६ का १९ वर्षीय प्रकाश सिहं ठगुन्ना सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागी अस्पताल लगिएको र घटनाका बारेमा अनुसन्धान भैरहेको जनाइएको छ।