धनगढी। जहाँनीया राणा शासनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज प्रजातन्त्र दिवस मनाइँदैछ। आज ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस धनगढीमा पनी भव्यताका साथ मनाइँदैछ। सुदूरपश्चिम प्रदेश मुल समारोह समितिको आयोजनामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा विभिन्न कार्यक्रम गरि दिवस मनाईएको हो।
दिवसको अवसरमा धनगढी ट्राफिक चौकदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म प्रभातफेरी गरिएको छ। प्रभातफेरीमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेशबहादुर शाह, सभामुख भीम बहादुर भण्डारी, निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल, प्रदेश सभा सदस्य, प्रदेश प्रमुख सचिव, प्रदेशका विभिन्न मन्त्रालयका सचिव, निजामति कर्मचारी, सुरक्षा निकाय प्रमुख, संघ-संस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।