कञ्चनपुर। कञ्चनपुरस्थीत नेपाल–भारत सीमावर्ती बजार ब्रह्मदेवमा भारतीय नागरिकले सशस्त्र प्रहरीमाथि हातपात गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित सीमावर्ती बजार ब्रह्मदेवमा दुई जना सशस्त्र प्रहरीमाथि भारतीय नागरिकले आक्रमण गरेका हुन्।
सीमा सुरक्षामा खटिएका बोर्डर आउट पोष्ट (बीओपी) ब्रह्मदेवका दुई सशस्त्र प्रहरीमाथि भारतीय नागरिकले आक्रमण गरेको बताइएको छ। सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा ६ जना भारतीय नागरिकलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलेसशस्त्र प्रहरीमाथि हातपात गरेकोमा उनीहरुलाई नियन्त्रणमा लिएको र प्रहरीलाई कति चोट लागेको जानकारी प्राप्त भइ नसकेको बताएको छ। भारतीय नागरिक ब्रह्मदेवस्थित सिद्धबाबा मन्दिर दर्शकका लागि आएका थिए। उनीहरु अधिकाँसले मादक पदार्थ सेवन गरेको पाइएको छ। सीमावर्ती भारतीय क्षेत्रका स्थानीय मानिस दर्शनका ब्रह्मदेव आउने गरेका छन्।


