बैतडी समाज कैलालीले आयोना गर्न लागेको ९ औँ रक्तदान महोत्सवको तयारी पुरा भएको छ । गेटा आँखा अस्पताल, नवजीवन अस्पताल र समृद्धि डेन्टलको सहकार्यमा “रक्तदान जीवन दान“, “रक्तदान गरी पुण्य कमाऔँ, स्वास्थ्य निःशुल्क जाँच गरी स्वास्थ्य लाभ गरौँ“ भन्ने मूल नाराका साथ समाजले ९ औँ रक्तदान महोत्सव गर्न लागेको हो ।
बैतडी समाज कैलालीले आयोजना गर्ने उक्त रक्तदान महोत्सवका कार्यक्रम संयोजक राज बहादुर चन्दका अनुसार २०७९ फागुन– ७ गते रक्तदान महोत्सव बैतडी समाजको सचिवालय पद्मा नर्सिङ कलेजको प्राङ्गण धनगढी ४ उत्तरबेहेडीमा बिहान ९ बजे देखी सुरु हुने छ । कार्यक्रममा सहभागीहरूलाई ९ः३० बजे चियापान र १०ः३० बजे दिवा भोज गराइने चन्दले बताए ।
यस्तै, महोत्सवमा निःशुल्क दन्त परीक्षण एवम् परामर्श, निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क ओपिडी, सुगर, सुत्केरी सेवा तथा विभिन्न जाँचहरूमा विशेष छुटको र निःशुल्क आँका शिविरको व्यवस्था गरिएको छ । भने चन्दले रक्तदान महोत्सवको तयारी पूरा भएको जानकारी गराउँदै रक्तदान गरी दिन हुन सम्पूर्ण धनगढी बासीहरूमा आह्वान गरेका छन् ।
समाजले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ७७ जना, दोस्रो पटक ८८ जना, तेस्रो पटक १२२, चौथो पटक १३७, पाँचौँ पटक १०७ जना, छैटौँ पटक ७७ जना, सातौँ पटक ७७ जना र आठौँ पटक ८५ जना गरी जम्मा ७७० जनाले हाल सम्म रक्तदान गरिसकेका छन् ।