धनगढी। राष्ट्रिय माध्यमिक विद्यालय विचैयपुर कैलालीको ६१ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन भएको छ। कैलालीको कैलारी गाउँपालीका वडा नम्बर २ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय कैलारी गाउँपालिकाको नमुना विद्यालय हो।
राष्ट्रिय माध्यामिक विद्यालय विचैयपुर ब्यवस्थापन समितीका अध्यक्ष नविन कुमार बोहराको अध्यक्षतामा सम्पन भएको ६१ औ बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा प्रमुख अतिथी निर्वतमान प्रदेश सभा सदस्य तथा माओवादी केन्दका पोलिटब्युरो सदस्य विरमान चौधरी प्रमुख अतिर्थी रहेका थिए। प्रमुख अतिथी चौधरीले बार्षिक उत्सव कार्यक्रममा बोल्दै शैक्षिक क्षेत्रमा राष्ट्रिय माध्यमिक विद्यालय विचैयपुरको महत्वपुर्ण भुमिका रहेको जानकारी दिए। उनले अन्य सामुदायिक विद्यालयका तुलनामा राष्ट्रिय माध्यमिक विद्यालय विचैयपुर उत्कृष्ट छाप छोडन सफल भएको बताए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जित बहादुर रावतले विद्यालयको आर्थिक, भौतिक र शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। भने विद्यालयलाई सहयोग गर्नुहुने अभिभावकलाई धन्यवाद व्यक्त गरेका थिए ।
बिद्यालयको प्राङगणमा आयोजित बार्षिक उत्सब कार्यक्रममा अक्षयकोष, छात्रबृत्ति बितरण, कक्षागत उत्कृष्ठ बिद्यार्थी, उत्कृष्ट शिक्षक पुरस्कार बितरण गर्नुका साथै बिभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो। त्यसैगरी विभिन्न खेलकुद प्रतियोगीतामा प्रथम, द्वितीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बोहराले जानकारी दिए।



