धनगढी। धनगढी त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरीले बालकमाथि निर्घात कुटपिट गरेको आरोप लागेको छ । धनगढी २ मिलनचोकका १४ वर्षीय सुजित गुप्तामाथि प्रहरी चौकीका सहायक हवलदार जनक बिकसहितका प्रहरीले बिना कारण निर्घात कुटपिट गरेको आरोप लागेको हो।
माघ १ गते सोमबार साँझ नेपाल–भारत सीमा नजिकै सडकमा हिडिरहेको अवस्थामा तस्करी गर्न आएको होस् भनेर आफूमाथि प्रहरीले कुटपिट गरेको बालक गुप्ताले बताए । साथीहरुले बोलाएकाले रोडतिर हिड्दै गरेकोमा आफुलाई पुलिसहरुले समातेर बाटो हेर्ने भनेर तीन चार झाप्पड हानेको बताए । झाप्पड हानेपछि कुराकानी नसुनिरहेको र मुख पनी सुनिएकाले खाना खान नसकिरहेको बताए । उनकी आमा रिना गुप्ताले सो घटनाको बारेमा घरमा नबताएको बताइन्। राती सुतेका बेला बरबराउने, खाना नखाने, कान कम सुन्न थाहा पाएपछि सोध्दा प्रहरीले कुटेको कुरा बताएर घटनाकाबारेमा थाहा पाएको बताइँन् ।
बिहीबार कुटपिटमा संलग्न प्रहरीमाथि कारवाहीका लागी प्रहरी कार्यालयमा निवेदन दिँदा प्रहरीले नमानेको लिएको पीडीत पक्षले बताएका छन् । पीडितकाअनुसार प्रहरी चौकी त्रिनगरका सहायक हवलदार बिकसहित जवान सुशिल चन्द, हरिश बोहरा र महेश ओझाको समूहले बालकमाथि कुटपिट गरेका हुन्। त्रिनगर प्रहरी चौकीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक टेकबहादुर चन्दले भने घटनाबारे जानकारी नभएको बताउँदै पीडित पक्ष चौकीमा आएमा घटनाबारे छानविन गर्ने बताए।
यता जिल्ला प्रहरी कार्यालयले पनि बालकमाथि कुटपिट गरिएको भन्ने बारेमा आज बिहान मात्रै जानकारी पाइएको बताएको छ। जिप्रकाका प्रहरी निरीक्षक खगेन्द्र साउदले घटना माघ १ गते त्रिनगर प्रहरी चौकीले धनगढी भन्सार क्षेत्रबाट भन्सार छलीका सामान बरामद गरेकोले सो रिसीवीले कुटपटिको आरोप लगाएको हुने बताए। माघ १ गते अबैध भन्सार छलीको सामान बरामद गरिएको थियो। अबैध भन्सार छलीको छोड्नुपर्छ भन्दा नमानेको बताउँदै सो समान भन्सार कार्यालयमा बुझाइएको उनले बताए। तर कुटपिट नभएको जिप्रकाका प्रहरी निरीक्षक साउँदले बताएका छन्।