कञ्चनपुर। कञ्चनपुरमा दुई जना पक्राउ परेका छन्। लागुऔषधसहित कृष्णपुर नगरपालिका–४ किचाईका ५० वर्षीय बलबिर भट्टलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले भट्टले सञ्चालन गरेको खुद्रा पसलमा संकालागि चेकजाँच गर्दा ४१ ग्राम लागुऔषध चरेस बरामद गरी उनलाई पक्राउ गरेको जनाएको छ।
यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीमा कोठा भाडा गरी बस्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेदकोट नगरपालिका–१० का १९ वर्षीय बिवेक बोहरा रहेका छन्। प्रहरीले उनको साथबाट ३ दशमलव ५६ ग्राम लागुऔषध (चरेश) र ०.१४ ग्राम लागुऔषध (खैरो हेरोईन) बरामद गरेको हो। पक्राउ परेका दुबैमाथी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।