काठमाडौँ। सांसद अरुण चौधरीलाई रिहा गर्नेबारे गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयसँग राय मागेको छ। बिहीबार रायका लागि महान्यायाधिवक्ता कार्यालयलाई पत्राचार गरिएको गृह मन्त्रालयका प्रवक्ता ९सहसचिव० जितेन्द्र बस्नेतले बताए।
महान्यायाधिवक्ता रायकाअनुसार अरू प्रक्रिया अघि बढ्ने सहसचिव बस्नेतले जानकारी दिए । नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। ट्याक्टर आगजनी गरेको पुरानो मुद्दामा उनी थुनामा छन्।हिजो बुधबार चौधरीको अदातलमा बयान लिइएको थियो। उच्च अदालत दिपायलले निलम्बित सांसद अरुण चौधरीलाई रिहा गर्न अन्तरिम आदेश दिन इन्कार गरेको छ।
मुद्दाको सुनुवाइ प्रक्रिया जारी रहेको भन्दै तत्काललाई केही गरिरहनु परेन भन्ने आदेश जारी दिएको हो।अदालतका न्यायाधीश देश बहादुर सार्की र गणेश ठाकुरको संयुक्त इजलासले मुद्दाको सुनुवाइ गर्दा जिल्ला अदालत कैलालीले लिखित जवाफ पेश गर्न नसक्दा सुनुवाइको प्रक्रिया जारी रहने भन्दै सो आदेश जारी गरेको हो।२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो।