धनगढी। धनगढीमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू आन्दोलित भएका छन् । बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ताको मागगर्दै कैलालीपुल देखी धनगढी चौराहसम्म बिरोघ¥याली सहित आन्दोलनमा उत्रिएका हु्न।
शिवशिखर सहकारीको धनगढी कार्यालय बन्द भएपछि र रकम फिर्ता नदिएपछि बचतकर्ताहरू विचल्लीमा परेको भन्दै आन्दोलनमा उत्रिएको बताएका छन् । धनगढी १ की राजेश्वरी शाही चन्दले सहकारीमा जम्मा गरेको रकम नपाएको गुनासो गरिन्।उनले नखाई नलाई सहकारीमा रकम जम्मा गरेको रकम पैसा छैन भनेर फर्ता पठाइदिने गरेको र अहिले आएर सहकारी नै बन्द गरिएपछि आन्दोलनमा उत्रिएको बताइन्। आफुसहित ६/७ जनाको ६० लाख रुपैयाँ रोकिएको बताइन्। सहकारी सँचालकले ब्याज रकम दिने भन्दै अल्झाइरहेको भन्दै हामीहरु नमान्ने उनले बताइन्।
यस्तै धनगढी एलएन चोककी बिनीता बुढाले पनी बचत रकम फर्ता नगरेको भन्दै समस्यामा परको बताएकी छिन्। उनले घरपरिवारको खर्च चलाउन समस्या भएको भन्दै आफु डुब्न लागेको बताइन्। उनले यसरी सञ्चालकले नै जम्मा भएको रकम माग गर्दा सहकारी बन्द गरेर सम्पर्कमा नआउनु महापाप भएको बताइन्। दैनिक बचत, फिक्स बचतकर्तादेखि ठुलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता मागिरहेको बताएका छन्।
केही दिन यता सहकारीको धनगढी स्थित कार्यालय दिनभरि निक्षेप फिर्ता माग्ने ग्राहकको घुइँचो लाग्न थालेपछि सहकारी कर्मचारी नै सम्पर्क विहीन भएपछि थप आंशका बचतकर्तामा छाएको छ। सहकारीले दैनिक चल्ती खातामार्फत रकम सङ्कलन गर्दै आएको थियो। देशभर सेवा विस्तार गर्दै आएको शिव शिखरले सेयर धनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने भन्दै केही दिन अघिबाट धनगढी सेवा कार्यालय नै बन्द गरेको छ। सहकारीका सुदूरपश्चिम प्रदेशका वरिष्ट प्रबन्धक हेमराज जोशीले भने एकै पटक बचतकर्ता पैसा फिर्ता माग्न कार्यालय घेर्न थालेपछि समस्या उत्पन्न भएको बताएका छन्।


