धनगढी : कैलालीको मालाखेती इलाका प्रहरी कार्यालयबाटै कुटपिटमा परेको भन्दै कैलालीका एक युवक अस्पताल भर्ना भएका छन् । जिल्लाको गोदावरी नगरपालिका बाँस्कोटाका १७ वर्षीय सन्तोष चौधरीलाई प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेको आफन्तले गुनासो गरेका हुन् ।
चौधरीलाई अत्तरिया स्थित पद्मा अस्पतालमा भर्ना गरिएको छ । आफन्तका अनुसार सोमबार केही युवाहर बसन्तपुरमा गाँजा तानिरहेको अवस्थामा सन्तोश चौधरी पुगेका थिए, त्यही बिचमा प्रहरी आएर सन्तोसलाई लग्यो र अरु भाँगे, निर्दोश शन्तोसलाई प्रहरीले गाडीमा राखेर लगेर कुट्दै रातभर कुटाइ खाए । तर सन्तोषको कुनै गल्ती थिएन्।
गाँजा तान्ने ब्यक्ती भाँगिसकेको भएपनि गाँजा बाँस्कोटा सामुदायिक वनका केहि पदाधिकारीले समेत सन्तोष नै दोषी हो भनेर झन प्रहरीलाई कुट्न उक्साएको आफन्तले आरोप लगाएका छन् । आफन्तका अनुसार मंगलबार छुटाउन जाँदा उनको हालत निकै कमजोर थियो आफन्तले भने “सन्तोषलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ, हिडडुल गर्न सक्ने अवस्थामा समेत छैनन् ।”
‘बिना कारण प्रहरीले कुटपिट मात्र गरेको छैन्। उसलाई १८ दिनको तारेख समेत बोकाउने काम भएको छ । जबकी उ अहिले राम्रोसँग बोल्न सक्ने अवस्थामा समेत छैन् । जनावर मार्ने, गोली चगाउने, घाइते चित्तलको बच्चा मार्ने भनेर जथाभावी आरोप सन्तोषमाथि प्रहरीले लगाएको छ’, आफन्तले भने ।
सन्तोष गाउँकै सबैभन्दा सोझो मात्र नभएर उ मान्छे देखेपछि पनि डराउने केटा हो, आफन्तले भने “यतिधेरै आरोप लगाएर फसाउने काम भएको उनीहरुको गुनासो छ। सन्तोषमाथि लगाएका आरोपको कुनै प्रमाण समेत छैन्, अन्धाधुन्ध कुटपिट गरेर अहिले अस्पताल लगिएको छ, गाँजा तान्ने अरु कुटपिट र हुँदै नभएका विषयमा आरोप लगाएर फसाउने काम सन्तोषमाथि भएको छ ।”
इलाका प्रहरी कार्यालय मालाखेतीले भने गाँजा तानिरहेकै अवस्थामा सन्तोषलाई पक्राउ गरिएको बताएको छ । गाँजासहित नै उसलाई फेला पारेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक रबिन्द्र कार्कीले बताए । उनले भने “प्रहरीले कुटपिट गरेको छैन्, गाँजाको डोज बढी भएर समस्या भएको हुन सक्छ, गाँजा तानिरहेकै अवस्थामा पक्राउ गरिएको हो, अहिले उनी उपचाररत छन्, उनलाई राम्रै अवस्थामा मंगलबार घर फर्काएका हौँ पछि बनको केही समस्याका कारण विबादपछि प्रहरी पुगेको हो र समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।”