कैलाली। निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीले आफु फरार नभएको बताएका छन्। आज जिल्ला अदालत कैलालीमा बयान दिएर कारागार फर्किँदै गर्दा उनले आफू फरार नरहेको र न्यायका लागि अपिल गरेको बताएका हुन्।
उनले भने, १० बर्ष पहिले भएको फैसलाबारे आफूलाई जानकारी छैन्, ‘मैले न्याय पाउनु पर्छ उनले भने, मैले त्यो फैसला बारे जानकारी नै पाएको थिएन। न्यायका लागि अपिल गरिरहेको छु, उनले थपे, हजुरहरूकै मिडिया मार्फत मलाई मुद्धा छ भन्ने थाहा पाए’, ‘म कैलाली आउँदै थिए। मलाई अपहरणको शैलीमा बाटोमा समातियो।’म आफू कैलालीमै बसेको थिए । जुन हिसाबले १० बर्ष देखी फरार भनेको छ। उनले आफूलाई फरार भनेर चरित्र हत्या गर्ने काम भएको समेत बताएका छन्। त्यही बेला अदालतको फैसला जानकारी पाएको भए म पुनरावेदन अदालतमा जान्थे उनले भने। पहिला त आफुलाई जानकारी हुनुपर्यो नि, उनले भने।
उनले आफूलाई उक्त फैसला बारे जानकारी नभएको आज अदालतलाई समेत बयान दिएका थिए । उनले आज उच्च अदालत दिपायलमा भएको बहसले आफ्नो मुद्धा किनारा लाग्ने बताए। कैलाली कारागारमा रहेका उनलाई आज जिल्ला अदालत कैलालीमा बयान दिन लगिएको थियो। बयान दिएर कैलाली कारागारमा फर्किएका छन्। बहसपछि केही समयमा अन्तरीम आदेश आउँदै छ ।१९ माघमा बाँकेबाट पक्राउ गरेका कैलाली २ बाट निर्वाचित चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो। निलम्बित सांसद चौधरीलाई आज बयानका लागि आज अदालतमा पेस गरिएको हो। माघ २९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा आज अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो। २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो।