दार्चुला। दार्चुलामा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन्। दार्चुलामा ४५ वर्षीया महिलालाई जबजस्ती करणी गरेको अभियोगमा लेकम गाउँपालिका–४ का २७ वर्षीय प्रेम पार्कीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्लाको झलाती घर भई हाल शैल्यशिखर नगरपालिका–९ पथ्थरयानीस्थित ससुराली घरमा बस्दै आएका पार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। पार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।