धनगढी : सुदुरपश्चिम प्रदेशमा एक महिनामा बिभिन्न मुद्धाका ११६ जना प्रतिवादी पक्राउ परेका छन् । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको एक महिने कार्य प्रगती विवरणमा सवारीसाधन, लागुऔषध लगायतका मुद्धामा ११६ जना ब्यक्ती पक्राउ परेको जानकारी दिइएको हो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक अशोक सिंहले आफु आएको पुष १० गते देखी हालसम्म कैलालीबाट २३ केजी २५ ग्राम चरेश, १० ग्राम गाँजा, १२८ नाइट्रोभेट, ८ स्यास्मो, ६९ स्पास,१ कोरेक्स, १४५ ग्राम ९७७ मिलीग्राम हिरोइन सहित ८२ जना मानिस पक्राउ परेको जानकारी दिएका छन् ।
यस्तै कञ्चनपुरबाट १७ किलो ४६१ ग्राम चरेश, ८८ ग्राम ७ सय ५५ मिलीग्राम हिरोइन, ९४ फेनार्गन, ९३ रेक्सोजेसिक, ७९ डाईजापाम र १० नाइट्राभेटसहित ३१ जना पक्राउ परेको प्रदेश प्रहरी प्रमुख सिंहले जानकारी दिए । यस्तै ५ सय १७ ग्राम चरेश सहित ३ जना पक्राउ परेका छन् । यस्तै लागुऔषधमा चरेश ४१ किलो ३ दशमलव ६९ ग्राम, गाँजा १० ग्राम, नाइट्राभेट १३८ ट्याव्लेट, स्यास्मा ८ ट्याव्लेट, स्पास ६९ ट्याव्लेट, कोरेक्स १ ट्याव्लेट, हेरोइन् २३५ ग्राम ४५ मिलीग्राम, फेनार्गन ९४ट्याव्लेट, रेक्सोजेसिक ९३ ट्याव्लेट, ७९ एम्पुल डाईजापाम बरामद गरिएको छ ।
उनले सुदुरपश्चिम प्रदेशमा सुरक्षा ब्यवस्थापन चुस्त दुरुस्त मिलाउन सिमानाका क्षेत्र तथा प्रदेशका जिल्लामा सक्रिय रुपमा प्रहरी परिचालन गरिएको बताए । प्रदेशका सिमानाकाबाट चोरी लागुऔषधका घटना बढी हुने गरेको बताउँदै अभियान नै सञ्चालन गरिरहेको र चोरी, तस्करी, लागुऔषध, अपराध सम्बन्धी घटनाको न्यूनिकरणका लागी समन्वय गरिरहेको बताए । यस्तै साइबर क्राईमको गलत प्रयोग लाई कम गर्न बिद्यालय तथा स्थानिय निकायसँग समन्वय गरी बिभिन्न कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ ।
यस्तै उनले हातहतियार सहित अछाम, बाजुराबाट १÷१ जना र कैलालीबाट २ गरी ४ जना ब्यक्ती पक्राउ परेको बताएका छन् । जसमा एक जनाले भरुवा बन्दुक ४ थान, कटुवा पेस्तोल २ थान, सोको २ राउण्ड गोली र सिसाको ४ थान, फलामको गोली बरामद गरिएको छ । ३५२ दशमलव २५ क्युफिट सिसम र सालको काठ गरी २ लाख ८१ हजार ३७५ मुल्य बराबरको अबैध काठ सहित ८ जना ब्यक्ती लाई पक्राउ गरिएको छ । बन्यजन्तु चोरी निकासीमा १ जना चितलको छाला र २ जना बाघको छालासहित ३ जना ब्यक्ती पक्राउ परेका छन् । यस्तै बन्यजन्तु चोरी निकासी भइरहेको अवस्थामा चितलको छाला २ थान र बाघको छाला १ बरामद गरिएको जनाएको छ ।
कैलालीबाट भन्सार छली गर्ने २१ जना जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ४३ लाख ९३ हजार ४ सय ७६ मुल्यका सामान बरावर गरिएका छन् । कञ्चनपुरबाट १० जना र ३२ लाख २१ हजार ५५३ मुल्यका साान बरामद गरिएका छन् । यस्तै यो समयमा सुदुरपश्चिममा ७६ लाख १५ हजार २१ मुल्यको भन्सार छलीको राजस्व संकलन गरिएको छ । १९ वटा लागुऔषध महाअभियान कार्यक्रमबाट ७२६ जना लाभान्भित भएका छन् । ५० वटा राजमार्ग चक्काजाम निषेधित समिती गरिएको छ । उनले नागरिक मैत्री सेवा प्रदान गर्दै जनता र प्रहरी बिच समन्वय गरेर अघि बढ्ने बताएका छन् । सुदुरपश्चिम प्रदेशको राजधानी पनी यही भएकाले सुरक्षा प्रदान गर्नुपर्ने सुरक्षा निकायको जिम्मेवारी रहेकाले यस्को लागी प्रहरी कटिबद्ध भएर लाग्ने बताएका छन् ।
सिहंले जनतालाई शान्ती शुरक्षाको प्रत्याभुती गराउनका लागी स्मार्ट सर्विस डेलिभरी गर्न सक्नुपर्ने बताए । हामीले अहिले प्रहरीलाई बाहिर ब्यापक रुपमा निकालेका छौँ सिहंले भने “यो कसैलाई प्रभावित पार्नलाई होइन, अबको प्रहरी यसरीनै चल्छ, ठाउँ ठाउँमा चेकजाँच बढाएका छौँ, सिमा क्षेत्र, अनी प्रदेशको राजधानी भएको ठाउँ शुरक्षा चुनौती देखिन्छ तर हामीले प्रहरीको सक्रियता बढाएसंगै त्यस्ता घटना घट्न पाएका छैनन् ।” हामीले अपराध कसरी न्युनिकरण गर्ने, लागु औषध बिरुद्धको महाअभियाननै चलाउँदैछौँ उनले भने “प्रहरीलाई भित्र होइन बाहिर ल्याउनुपर्छ, ठाउँ ठाउँमा प्रहरी खटिएको छ, अपराधिक मानसिकता भएका ब्यक्तीहरु आफै डराउँछन्, अपराध गर्नेहरु पक्राउ पर्ने छन्, हामी जसरी हुन्छ शान्ती शुरक्षा दिनेतर्फ केन्द्रित छौँ ।”
सबैभन्दा बढी लागु औषधकै कारण घटना घटेको पाएका छौँ उनले भने “लागु औषध प्रयोगकर्ता धमाधम पक्राउ परिरहेका छन्, उहाँहरुलाई कावाृही हुन्छ र उनिहरुबाटै हामी यो बिक्रि गर्ने गिरोहकहाँ पुगिरहेका छौँ, भारतमा गएर नेपालीलेनै लागु औषधको कारोबार गर्ने गरेकोपनि पाइएको छ, हामी भारतिय प्रशासनको सहयोगमा उजिहरुलाइपनि कार्वाहीको दायरामा ल्याउनेछौँ ।” सिमामा खटिने प्रहरी पैँसाको लालचमा फसेर गलत क्रियाकलापमा संलग्न रहेको कुरा सुन्ने गरेको थिए, त्यस कारण मैले कुनै गलत काम नगर्न निर्देशन दिएको छु उनले भने “मैले निर्देशन दिएपछि मात्रै कैलाली कञ्चनपुरका भन्सारको राजश्वमा बृद्धी आएको जानकारी पाउको छु, त्यस कारण सबैले प्रण गर्नुपर्छ, की देश र जनताको लागी काम गर्छु भनेर, म मात्रै होइन अब यही स्पिडमा यहाँको प्रहरी चल्छ, गलत काम गर्ने कानुनी दायरामा आउँछन्, जनताले शान्ती शुरक्षाको प्रत्याभुती गर्नेछन्, सबैको सहयोग चाहिन्छ ।”