धनगढी। धनगढी ३ मा रहेको माया मेट्रो अस्पताल प्रालीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । प्रणय दिवस तथा भ्यालेन्टाइन दिवसको अवसर पारेर आज अस्पताल परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको माया मेट्रो अस्पतालले जनाएको छ।
अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले प्रत्येक बर्ष जस्तै यसबर्ष पनी भ्यालेन्टाइन डेको दिनमा रक्तदान गर्नुहोस्,माया दिनुहोस्, जिवन बचाउनुहोस् भन्ने सन्देशका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । स्वास्थ्य संस्था वा ब्लड बैङ्कमा हुने रगत अभावका कारण बिरामीलाई हुने थप समस्यालाई मध्येनजर गर्दै प्रेम दिवसको दिनमा रक्तदान कार्यक्रम गरिएको जानकारी दिए। रक्तदान कार्यक्रमले केही मात्रमा भएपनी रगतको परिपुर्ती हुने बिश्वास ब्यक्त गरेका छन् । कार्यक्रममा मानव जिवन रक्षाका लागी १०० पटक भन्दा बढी रक्तदान गरेका दिपक उपाध्यायलाई सम्मान गरिएको छ।
रक्तदान गर्ने कार्यलाई सामाजिकरण र सहजिकरण गराउने कार्यमा पु¥याएको योगदानको कदर गर्दै कार्यक्रमका अध्यक्ष धिरेन्द्र साउँद, प्रमुख अतिथी कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले उपाध्यायलाई सम्मानपत्रसहित दोसल्ला ओडाएका हुन्। साथै कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्प कुँवरले माया मेट्रो अस्पतालले रक्तदान जिवनदान जस्तो उदाहरणीय कार्य गरेको भन्दै धन्यवाद ब्यक्त गरेका छन् । यस्तै ब्यवसायीक सफलताको शुभकामना दिएका छन्। यस्तै रक्तदाता दिपक उपाध्यायले सम्मानको लागि अस्पताल अनि अध्यक्ष धिरेन्द्र सावदलाई धन्यवाद दिएका छन्। यस्तै रक्तदाता धर्म बोगटीले रक्तदान गर्दा कुनै एक जना ब्यक्तीको ज्यान जोगिने बताए। उनले रक्तदान गर्न सबैमा अनुरोध समेत गरेका थिए।