धनगढी। धनगढी उपमहानगरपालीकामा नाला खोल्ने र अतिक्रमण हटाउने कार्य सुरु गरिएको छ। धनगढी उप–महानगरपालिका वडा न। २ र ३ को डुबान समस्या समाधान गर्न वडा न. २ भन्सार रश्मि मेडिकल नजिकबाट नाला खोल्ने र अतिक्रमण हटाउने कार्य थालिएको जानकारी दिएको छ।
नाला खोल्ने र अतिक्रमण हटाउने कार्यमा नगर प्रमुख गोपाल हमाल, उप–प्रमुख कन्दकला कुमारी राना, वडा न.२ वडा अध्यक्ष धर्मराज ओझा, ३ का वडा अध्यक्ष राज बहादुर ऐर र वडा नं. ४ का वडा अध्यक्ष बुद्धि बहादुर खड्का एवं जनप्रतिनिधि सँगै स्थानीय बासीहरू को उपस्थिति रहेको नगरपालिकाले जनाएको छ।