धनगढी। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता तथा पुर्वप्रधान मन्त्री झलनाथ खनालले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाउनेमा बिश्वस्त रहेको बताएका छन्।
आज पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी आएका उनले सरकार गठन गर्न संख्या भएकाले मुख्यमन्त्री शाहले विश्वासको मत पाउनेमा आफु आशाबादी भएको बताए। उनले नेकपा माओवादी केन्द्रले सकारात्मक ढंगले अगाडि बढेमा विश्वासको मत प्राप्त भईहाल्ने बताए। माओवादी केन्द्र वा नागरिक उन्मुक्ति मध्ये दुई पार्टी मुख्य निर्णायक भएकाले जसले मत दिए २७ नाघेपछि बहुमत पाप्त भईहाल्ने बताए।
उनले ‘संघिय संरचनामा प्रदेशमा पनि केन्द्रकै राजनीतिक समिकरण हुनुपर्ने अवस्था नरहेको बताए। यस्तै नेता खनालले टीकापुर घटनाको आरोपमा पक्राउ परेका रेश्म चौधरीको मुद्दामा तथ्यसंगत ढंगले निष्कर्षमा पुग्नुपर्ने बताए। टीकापुर घटनाको बारेमा बढी गहिरिएर विश्लेषण र तथ्यसंगत ढंगले निष्कर्षमा पुग्नुपर्ने उनले भने। यस्तैपूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले अहिलेको सत्तारुढ गठबन्धन नभत्किने र नयाँ बन्ने सम्भावना त्यस्तो केही नरहेको उनको भनाई छ।
यस्तै राष्ट्रपतिको निर्वाचनको हकमा भने सबै राजनीतिक दलले सुझबुझ पूर्ण तरिकाले निर्णय लिनुपर्ने बताउँदै लोकतान्त्रिक मूल्य, मान्यताका आधारमा अघि बढ्नुपर्ने बताए। राष्ट्रपतिको निर्वाचन महत्वपूर्ण एजेन्डा भएकाले राष्ट्रिय सहमतिकै आधारमा योग्य व्यक्ति र योग्य व्यक्तिलाई राष्ट्रपति चयन गर्नुपर्ने बताए। यस्मा सबै राजनीतिक दलले सुझबुझ तरिकाले राष्ट्रपति व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताए। यस्तै राजनीतिक दलहरूको सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने बताए। उनले राष्ट्रपतिमा राजनीतिक मान्छे नै हुनुपर्ने र गैरराजनीतिक मान्छेलाई राष्ट्रपति बनाउदा लोकतन्त्र नै समस्यामा पर्ने उनको भनाइ छ।