धनगढी। सुदूरपश्चिम प्रदेश सरकार जोगाउन नै नागरिक उन्मुक्ती पार्टि नै निर्णायक मानिएको छ । पुष २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्र रावल नेतृत्वको सरकारलाई निर्णायक मानिएको नागरिक उन्मुक्तीले बिश्वासको मत नदिँदा एक महिना नपुग्दै ढल्न पुग्यो।
प्रत्यक्षमा पाँच र समानुपातिकमा दुईसहित ७ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले सुदुरपश्चिम सरकार अघि बढाउने वा ढलाउने उस्कै हात छ। एमालेका रावलले विश्वासको मत नपाइसकेपछि पदमुक्त भएपछि अहिले मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका हुन्। उनी माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । शाहले पनी मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । शाह नेतृत्वको सरकार बचाउन पनी नागरिक उन्मुक्ती पार्टी नै निर्णायक भुमिकामा रहेको छ।
मुख्यमन्त्रीलाई विश्वासको मत पाउनका लागि २७ जना सांसदको समर्थन चाहिन्छ। यदि शाहले नागरिक उन्मुक्ती पार्टिकै विश्वासको मत नपाएपछि उनी पदमुक्त हुने अवस्था रहेको छ । नागरिक उन्मुक्तिले भने आफ्ना माग पुरा नभएसम्म कसै दललाई विश्वासको मत नदिने कुरा रावल नेतृत्वकै सरकार देखी कुरा बताउँदै आइरहेको छ। भने रेशम चौधरीकोसहित टिकापुर बन्दीको रिहाईको अडानबाट उन्मुक्ती पछि हट्न सकेको छैन् । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसलाई पनि नागरिक उन्मुक्ति पार्टीले साथ नदिए सरकार संकटमा पर्ने देखिएको छ।
यस्तो अवस्थामा पनी मुख्यमन्त्रीशाहले विश्वासको मत नपाउने अवस्था हेरेर नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीका परिवारसँग भेटवार्ता देखी शिर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । गत शनिबार बिहान चौधरीकी आमा र परिवारका अन्य सदस्यलाई भेट्न शाह उनको घरमै पुगेका थिए। भेटवार्तामा मुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने घरपरिवारलाई आश्वासन् दिए । टिकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको उनको भनाई थियो। पछिल्लो समय शाहले रेशम चौधरीलाई फकाइ रहेका छन्। ५३ सिट रहेको सुदूरपश्चिम प्रदेशसभामा कांग्रेस पहिलो दल हो। तरपनि कांग्रेससँग सरकार बनाउन पर्याप्त सांसद छैनन्। कांग्रेसले प्रत्यक्षमा १२ र समानुपातिकमा ७ सिट जितेको छ।
माओवादी केन्द्रले प्रत्यक्षमा आठ र समानुपातिकमा तीनसहित ११ सिट जित्दै जितेको दोस्रो ठूलो दल बनेको छ। प्रत्यक्षमा तीन र समानुपातिकमा पाँच गरेर आठ सिटसहित एमाले तेस्रो दल बनेको छ। प्रत्यक्षमा पाँच र समानुपातिकमा दुईसहित नागरिक उन्मुक्ति पार्टीले सात सिट जितेको छ।एकीकृत समाजवादीले प्रत्यक्षमा तीन र समानुपातिकमा एक सिट जितेको छ। राप्रपाले समानुपातिकमा एक सिट जितेको छ भने प्रत्यक्षतर्फ एक स्वतन्त्र निर्वाचित भएका छन्।केन्द्रमा नेपाली कांग्रेस सरकार भन्दा बाहिर छ। त्यसकारण सुदूरपश्चिममा नेपाली कांग्रेसका १९ र नेकपा एकीकृत समाजवादीका चार सांसद छन्। यी दुई पार्टी मिल्दा पनि सरकार गठन गर्न बहुमत पुग्दैन । त्यसरकाण मुख्यमन्त्री शाहले पनि विश्वासको मत पाउन नागरिक उन्मुक्ति पार्टी नै निर्णायक बनेको छ ।