धनगढी : धनगढीको सारदा माध्यमिक बिद्यालयमा लागु औषध बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर २ स्थित सारदा माध्यमिक बिद्यालयमा सचेतना कार्यक्रम सम्पन्न भएको हो । कटक भण्डारी फाउण्डेशनको आयोजना तथा धनगढी उप महानगरपालिका वडा नम्बर २ को सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय लागु औषध दुब्र्यवसनीमा फस्ने युवा युवती संख्या बढ्दै गएको परिवेशलाई मध्यनजर गर्दै फाउण्डेशनले सचेतनामुलक कार्यक्रमको आयोजना गरेको जनाएको छ । फाउण्डेशनका अध्यक्ष गणेस भण्डारीले दिनप्रतिदिन लागु औषध प्रयोकर्ता पक्राउ परेको देख्दा भोलीका भविश्यका कर्णधारको भविश्य अन्धकार बन्दै गएको आभास भएको बताए ।
प्रहरी प्रशासनले पक्राउ गर्ने र कार्वाही गरेर मात्रै केही हुँदैन उनले भने “पक्राउ गर्ने अनी केही महिना सजाय दिएर सुध्रिनेवाला छैन समाज, हामीले कुलतमा फसिसकेपछि कार्वाहीमा केन्द्रित हुनुभन्दा कुलतमा फस्नै नदिन यस्ता कार्यक्रम आयोजना गर्नुपर्छ, अनी मात्रै लागुऔषधको बिगबिगीमा कमी आउँछ, यि कार्यक्रम आयोजना गर्नमा सबैको सहकार्य आवश्यक छ ।”
कार्यक्रममा लागु औषध दुब्र्यवशनी परेकाहरुलाई स्याहार गर्दै आएको शन्देस नेपालका प्रमुख पवन कुमार सेरचनले लागु औषध प्रयोगकर्ताको अवस्था बारे प्रकाश पारेका थिए । उनले आफु बिगतमा कुलतकै सिकार बनेको बिषयका बारेमा बोल्दै उनले यसको सिकार अब कसैले बन्नु नपरोस भनेर बिभिन्न निकायले गरेका कार्यक्रममा सहकार्य गर्ने बताए । लागुऔषधको कुलतमा फसे मान्छेको कुनै ब्यक्तीगत छवी नरहने, मरेतुल्य हुने लगायतका घटना सुनाउँदै उनले कुलतमा नफस्न सबैमा आग्ह गरे । उनले भने “परिवारको इज्जत र आफ्नो स्वास्थ्यका लागी भएपनि लागु औषधको कुलतमा नफस्न म आग्रह गर्छु, यसको कुलतमा फसिसकेपछि कि सुध्रिनुपर्छ कित मर्नुपर्छ। सुध्रिने निकै कम हुन्छन् त्यस कारण यसको कुलतमै नफस्न म आग्रह गर्दछु ।”
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरिक्षक सरस्वती अधिकारीले बिद्यार्थी तथा सहभागीहरुमा लागु औषध प्रयोग तथा बिक्रि वितरण गरे सजायका बारेमा जानकारी दिएकी थिइन् । उनले लागु औषध प्रयोग तथा बिक्रि वितरण गरेमा २५ बर्ष कैद तथा करोड सम्मको जरिवाना हुने भएकाले त्यस तर्फ नलाग्न बिद्यार्थीहरुलाई आग्रह गरिन् । गत आर्थिक बर्षमा मात्रै कैलालीमा ३ सय बढी लागु औषधका मुद्धा दर्ता भएकोमा यस आर्थिक बर्षको ६ महिनामै एक सय बढी मुद्धा दर्ता भएको उनले बताइन् । यि मुद्धामा कमी ल्याउन सबै सरोकारवाला निकाय, बिद्यार्थी अबिभावक सचेत बन्नुपर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले भोलीको भविश्य बोकेको युवा अहिलेनै लागु औषधको जरजरमा फसिरहेको देख्दा देशले भविश्यको नेतृत्वनै गुमाइरहेको अनुभुती भएको बताए । यसैगरी लागु औषधमा फस्दै जाने हो भने भोलीको ब्यापारी, प्रहरी, पत्रकार, नेता लगायत सबै भविश्य अन्धकार देखिएको बताए । यो अवस्थालाई न्युनिकरण गर्न हामी सबै जाग्नुपर्छ उनले भने “हामी कैलाली उधोग बाणिज्य संघको तर्फबाट प्रहरी प्रशासनलाई बोलाएर कार्यक्रम गर्ने गर्दछौँ, साथै हाम्रो सहयोगमापनि कार्यक्रम हुने गरेका छन्, आगामी दिनमा हामीले खेल्नुपर्ने भुमिकाका लागी हामी तयार छौँ ।”
कार्यक्रममा धनगढी उप महानगरपालिका वडा नम्बर १ का अध्यक्ष शन्तोस मुडभरी, २ का अध्यक्ष धर्म ओझा, ३ का अध्यक्ष राज बहादूर ऐर, ४ का अध्यक्ष बुद्धी बहादूर खड्का, ५ का अध्यक्ष गजेन्द्र शाहीले प्रस्तुती राखेका थिए । वडा नम्बर १ का अध्यक्ष शन्तोस मुडभरीले देशमा लोकतन्त्र, गणतन्त्र लगायतको उपलब्धीमा सबैको हात रहेझैँ लागु औषध नियन्त्रणमा सबैले अभियानका साथ लाग्नुपर्नेमा जोड दिए । उनले प्रहरी प्रशासनमाथी प्रश्न उठाउँदै कडा कार्वाही रचेतना आवश्यक रहेको बताए । यस्तै अन्य वडा अध्यक्षहरुले कार्यक्रमनै बनाएर अब लागु औषध नियन्त्रणमा लाग्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा बोल्दै कैलाली जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले प्रशासनले गर्नुपर्ने सिमा क्षेत्रमा कडाई, गस्तीहरु, लगायतमा प्रशासन कडा रुपमा लागेको बताए । लागु औषध यिन्त्रणका लागी सबै निकायसंग हातेमालो गर्न प्रशासन तयार रहेको बताउँदै उनले सक्दो नियन्त्रणमा लाग्ने प्रतिबद्धता गरे ।
कार्यक्रममा पत्रकार नारायण अवस्थी, सारदा माध्यमिक बिद्यालयका प्रधानाध्यापक तेज बहादूर सिहं, ब्रह्मकुमारी ईश्वरिय बिश्व बिद्यालय धनगढीका हेमराज भण्डारी, धनगढी लेडी जेसिसकी पुर्व अध्यक्ष बसन्ती बोहरा लगायतले आफ्ना प्रस्तुती राखेका थिए । सारदा माध्यमिक बिद्यालयमा अध्यायनरत ९ र १० कक्षाका बिद्यार्थीहरुलाई लागु औषध बिरुद्ध सचेतना कक्षा दिइएको हो ।