कैलाली। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल कैलाली आएका छन्। आज पार्टिको प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाल कैलाली आएको नेकपा एकीकृत समाजवादी पार्टिले जनाएको छ। प्रदेश इन्चार्ज गरिमा शाहले बैठकमा सहभागी हुन अध्यक्ष नेपाल धनगढी आएको जानकारी दिइन्।
नेकपा एकीकृत समाजवादीले धनगढीमा सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकको आयोजना गरेको छ। अध्यक्ष नेपाल भोली सम्म धनगढीमा रहने छन्। आज प्रदेश कमिटीको बैठकमा सहभागी हुने र भोली प्रशिक्षण कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किने तालिका रहेको छ। बैठकमा सहभागी हुन केन्द्रीय उपाध्यक्ष प्रदेश हमाल हिजै धनगढी पुगिसकेको उनले जानकारी दिएकी छिन् ।