धनगढी। कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालय धनगढीको आरआइटि टोली र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट सादा पोषाकमा खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषध सहित ३ जना पक्राउ गरेको हो।
लागुऔषध सहित पक्राउ पर्नेमा बझाङ बुङ्गल नगरपालिका २ घर भई हाल कैलालीको गोदावरी ४ गौरीगडाका ६२ बर्षिय गगने धामी रहेका छन् । सोही स्थानको बेल्पानीबाट चेकजाँच गर्दा उनको साथबाट ४ केजी चरेश बरामद गरिएको छ। यस्तै कैलालीको गोदावरी नगरपालिका १ बाँसबारी स्थित पुष्पराज पुनमगरको घरमा डेरा गरी बस्ने चुरे गाउँपालिका ३ का २३ बर्षीया निर्मला कुमारी रावत रहेकी छिन्।
उनको साथबाट ३ ग्राम १६० मिलीग्राम लागुऔषध खैरो हेरोईन बरामद गरएको छ। यस्तै गोदावरी नगरपालिका १ धनगढी रोडमा बस्ने २४ बर्षिय राजन हमाललाई पक्राउ गरिएको छ । उनको घरबाट १ ग्राम ३४० मिलिग्राम लागु औषध खैरो हेरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको कैलाली प्रहरीले बताएको छ ।