धनगढी। कैलालीको त्रिनगर भन्सार सीमा नाकामा सरसफाई कार्यक्रम गरिएको छ। शनिवार बिहान कैलालीका प्रमुख जिल्ला अधिकारी लगाएत जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको उपस्थितिमा सरसफाई कार्यक्रम गरिएको हो । धनगढी उपमहानगरपालीकामा र सिमानाकासँग जोडिएको क्षेत्रलाई सरसफाई रहनुपर्छ भन्ने उदेश्यका साथ सरसफाई गरिएको जनाइएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यूवराज कटेलले शनिवार दिनको अवसर पारेर सिमानाका क्षेत्र आसपासमा फोहर देखीएकाले सुरक्षाकर्मीको सहभागीतामा सरसफाई गरिएको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी कटेलले सुरक्षा निकायले सरसफाई गरे भन्ने नभएर प्रत्येक ब्यक्ती सबैले सरसफाईको सुधारमा लाग्नुपर्ने बताए। घरबाट निस्केका फोहरलाई जथाभावी नफाली ब्यवस्थीत बनाएर डस्बीनमा राख्ने वा उपमहानगरको गाडी मार्फत पठाउन सुझाब दिएका छन् । शनिवार बिहान त्रिनगर नाकासँगै मोहना पुल छेउछाउमा फालिएका प्लास्टीक जन्यबस्तु, माक्स, सड्ने नसड्ने फोहरबस्तुहरुको सुरक्षाकर्मीहरुले सरसफाई गरेका हुन्। कुहिने र नकुहिने गरि ४ वटा फोहर राख्ने डस्टबिनको पनी व्यवस्थापन गरिएको थियो। धनगढी उपमहानगरपालीकाका नगर प्रमुख गोपाल हमालले हाम्रो धनगढी सफा धनगढी भन्ने मुल नारालाई आत्मसात गर्दै सरसफाई कार्यक्रम गरिएको जानकारी दिए। धनगढी उपमहानगरपालीका प्रदेशको राजधानी र अन्तराष्ट्रिय सिमा भएकाले सरसफाई कार्यक्रमको सकारात्मक भएको र राम्रो कामको सुरुवात भएको बताए । उनले धनगढी उपमहानगरपालीकाले पनी प्लाष्टिक मुक्त धनगढी अभियान चलाएको भन्दै सबैले प्लाष्टिक जन्य बस्तुको प्रयोग नगर्न बताएका छन् । यसमा सबैको सहयोगको आवश्यता पर्ने उनको भनाई छ। कार्यक्रममा कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी यूवराज कटेल, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, जनपथ प्रहरी, नेपाल प्रहरी,सशस्त्र प्रहरी नगर प्रहरी, जिल्ला अनुसन्धानका प्रमुख, कैलाली जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, वडा नम्बर २ र ३ का जनप्रतिनिधी, ब्रम्ह कुमारी इश्वरीय विश्व विद्यालयका लगायत सरकारी कार्यालयहरुको सहभागीतामा नाका सरसफाई गरिएको छ।भिडियो रिर्पोटसहित हेर्नुहोस् तल
https://www.facebook.com/supamedia01/videos/3362513590631267