धनगढी : सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका एकिकृत समाजवादीका नेता नरेश शाहीले पदभार ग्रहण गरेका छन् । शाहीले कुनैपनि निर्णय गरेका छैनन् । मन्त्री शाहीले संबिधानतह हस्ताक्षर गर्नैपर्ने भए गर्ने तर अध्यायन बिना कुनै निर्णयमा हस्ताक्षर नगर्ने बताएका छन् । युवा उद्यमशिलता र ग्रामिण अर्थतन्त्रलाई मध्यनजर गर्ने गरी निर्णय गर्ने शाहीको भनाई छ ।
हाम्रो बिषय त्यो हो हामी छलफल गर्दैछौँ उनले भने “दुइटा जिम्मेवारी पहिला छ हाम्रो पहिलो कुरा हामी संघिय संरचनामा छौँ, प्रदेशप्रतीको बिश्वसनियता बढाउने र सबै जनताको प्रदेशप्रती आकर्षण बढाउने जिम्मेवारी हामीले पुरा गर्नुपर्छ, दोश्रो कुरा सुदूरपश्चिमका जनताको आर्थिक अवस्थालाई माथी उकास्नका लागी कार्यक्रमगत कुराहरु नयाँ ल्याउँछौँ, हामी छलफलमा छौँ ।”