कञ्चनपुर। कञ्चनपुरबाट कर्तब्य ज्यान मुद्धाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गोरखा नगरपालीका १२ का ३९ बर्षिय खुईले भन्ने चन्द्र बहादुर कुमाल भागेर भारत तर्फ जादै गरेको अवस्थामा पक्राउ परेका हुन्।
कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई भिमदत्त नगरपालीका ४ बसपार्कबाट पक्राउ गरेको हो। माघ २४ गते गोरखा जिल्लाको गोरखा नगरपालीका १२ का टोप बहादुर कुमालको श्रीमती ३० वर्षीय बिमला कुमाल मृत अबस्थामा फेला परेको ज्यान सम्बन्धी मुद्धामा भागी फरार भई भारत तर्फ जादै गरेका थिए।जिल्ला प्रहरी कार्यालय गोरखाबाट आएको प्रहरी टोलीको जिम्मा लगाई पठाएको कञ्चनपुर प्रहरीले बताएको छ।