धनगढी। नेपाली कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्ने भएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले बहुमत गुमाएसँगै काँग्रेस संसदीय दलका नेता शाह आजै मुख्यमन्त्रीमा नियुक्त हुने भएका हुन्। बिहिबार बसेको बैठकमा सक्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन सकेनन्।
मुख्यमन्त्री रावलले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका हिसाबले कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्न लागेका हुन्। ५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन।सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छन्। प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादी ४ र एक जना स्वतन्त्र सांसद छन् । नागरिक उन्मुक्तिका ७ साँसद रहेका छन्। नेकपा माओवादी केन्द्र ११ (सभामुख), नेकपा एमाले १० (उपसभामुख), र राप्रपाका १ सांसद छन्।