धनगढी। धनगढी वडा नम्बर ८ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–८ राधस्वामी मन्दिर नजिकबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार ९ ग्राम चार सय ५० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका वडा नम्बर- ८ का २२ वर्षीय सिरु राना र १७ वर्षीय हिमाल रानालाई पक्राउ गरेको हो।
यस्तै बुधवार वेलुकी कैलालीको टिकापुरबाट एकजना पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली टिकापुर नगरपालीका वडा नम्बर १ का १९ वर्षीय प्रमोद बराललाई पक्राउ गरेको जनाएको छ। उनको साथबाट ३४० मिलि ग्राम लागुऔषध ब्राउन सुगर फेला परेको प्रहरीले बताएको छ। प्रहरीले टोलीले लागुऔषधसहित पक्राउ परेका माथी थप अनुसन्धान गरिरहेको जनाएको छ।