डडेल्धुरा। डडेल्धुरामा एक युवती जंगलमा मृत अबस्थामा फेला परेकी छन्। डडेल्धुराको आलिताल गाउँपालिका–७ मेलगाझाकी २० वर्षीया राधिका साउद मृत फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ। ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले मेलगाझा घर नजिकैको जंगलमा किशोरी रुखमा झुण्डिएको अवस्थामा भेटिएको बताए।
अहिले ती किशोरीको शव पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा राखिएको बताए । पोष्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ। किशोरी जोगबुढास्थित त्रिवेणी बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययरत थिइन्। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको बताएको छ ।