दार्चुला। दार्चुलास्थीत महाकाली नदिमा बग्दै गरेका एक बृद्धको उद्धार गरिएको छ। आज बुधबार दिउँसो २ बजे दार्चुला खलंगा बजार नजिक महकाली नदिमा बगीरहेका ७० बर्षिय बिर सिंह बडालको उद्धार गरिएको दार्चुला प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता जगत मगरका अनुसार दार्चुलाको महाकाली २ का बडाललाई स्थानियले महाकाली नदिमा बगिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गराएका थिए । बडालको अवस्था गम्भीर रहेको छ । भने बोल्न सक्ने अवस्थामा छैनन् । उनको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। हाम फालेको हो अथवा के भएको भन्ने बारे थहा नभएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।