अछाम। अछाममा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय अछाम मातहत प्रहरी चौकी मंगलसेनबाट खटिगएको प्रहरी गस्ति टोलिले अवैध घरेलु मदिरा नष्ट गरेको हो। मंगलबार प्रहरी गस्ति टोलिले मंगलसेन नगरपालीका ५ मा लुकाई छिपाई राखेको तयारी ४५ लिटर घरेलु मदिरा नष्ट गरेको प्रहरीले बताएको छ।
Advertisement



यस्तै ५८० लिटर कच्चा पदार्थ (पास) तथा ५ केजि। मदिरा बनाउन प्रयोग गरिने औषधि र १० थान भाडाकुँडा बरामद गरीएको हो। बरामद गरीएका अवैध घरेलु मदिरा, कच्चा पदार्थ, मदिरा बनाउन प्रयोग गरिने औषधिलाई स्थानिय जनप्रतिनिधिलगायको रोहवरमा नष्ट गरीएको बताइएको छ। सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।
Advertisement
