सुदूरपश्चिमका चर्चित हास्य कलाकार, रचनाकार, कविता वाचन अमृत नाथको जन्मदिनको अवसरमा रौटेलास्थित वृद्धाश्रममा फलफूल वितरण गरिएको छ । विगत लामो समयदेखि कलाकारिता क्षेत्रमा योगदान पुर्याउँदै सुदूरपश्चिमको भाषा, संस्कृतिको प्रबर्द्धनका लागि निरन्तर कलाकारितामा अगाडि बढिरहेका अमृत नाथ सँगसँगै सामाजिक कार्यमा पनि अग्रसर देखिएका छन् ।
फलफूल वितरण कार्यक्रममा कलाकार बाशुदेव भट्ट, गायत्री भट्ट ‘गीत’, भोजराज जोशी ‘क्वालिटी’, रवि सानू लगायत सहभागी थिए । लामो समयदेखि सुदूरपश्चिमेली भाषामा देउडा, मुक्तक, साइरी, गजल, कवितामा पनि कलम चलाउँदै आएका नाथ पछिल्लो समय निकै चर्चा पनि आएको पाइन्छ । उनको मुख्य विधा उद्घोषण हो र उनले १०० भन्दा बढी महोत्सवमा ‘स्टेज प्रोग्राम’ गरिसकेका छन् भन्ने विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् ।
पछिल्लो समय उनले मुक्तकमा निकै चर्चा कमाउन सफल भएका छन् । उनी भन्छन्, ‘मलाई सामाजिक सेवा गर्दा सबैभन्दा बढी मनमा शान्ति र मनमा आनन्द आउँछ । गरीब–दुःखीको सहारा बन्न पाउँदा म आफूलाई भाग्यमानी पनि ठान्ने गर्दछु ।’ पछिल्लो समय निकै चर्चा कमाउन सफल ‘मेरी ईजु’ गीतमा पनि उनले अभिनय गरेका छन् । सुदूरपश्चिमको भाषा, संस्कृति बचाउनका निम्ति विभिन्न किसिमका हास्य टेलीशृंखला पनि छायांकन गर्दै आएको उनले बताए ।