कञ्चनपुर। कञ्चनपुरका बिभिन्न स्थानबाट लागु औषधसहित ५ जनालाई पक्राउ परेका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत रहेका प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले बिभिन्न स्थानबाट लागु औषधसहित ५ जनालाई पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटीएको प्रहरी टोलीले बेलौरी नगरपालिका ६ बैशाखामा सु.प.प्र.०१०–११ प ७१४६ नम्बरको स्कुटीलाई शंका लागी चेकजाँच गर्ने क्रममा कैलाली जोशीपुर गाउँपलिका–६ सिम्रीका २३ वर्षीय पारस कठरिया र पछडी सवार २३ वर्षीय दिनेश रावतलाई पक्राउ गरिएको जनाएको छ। स्कुटीको मोडगार्ड भित्र कालो रङ्गको प्लाष्टिकको थैलीमा १ पोका ०।८३ मिली ग्राम लागु औषध (खैरो हेरोईन) फेलापारी स्कुटी र दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताएको छ।
त्यस्तै भिमदत्त नगरपालिका ४ बाट महेन्द्रनगरको प्रहरी टोलीले कञ्चनपुर भाँसी ३ मा म।२ प। १८६६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा १९ वर्षीय प्रवेश थापा मगरले चलाएको मोटरसाइकल र पछाडी सवार दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका ३ घर भई हाल भिमदत्त नगरपालिका ३ ऐठपुर कोठा गरी बस्ने २९ वर्षीय राम सिंह धामी र सोही मोटरसाइकलमा सवार भिमदत्त नगरपालिका ४ का १८ वर्षीय अनुराग टोकेलाई पक्राउ गरेको जनाएको छ। उनीहरुको साथबाट ३ किसीमका ६० पिस इन्जेक्सन र ट्याबलेट १० वटा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।