धनगढी। कैलालीको धनगढीमा एक जना वडा सचिव काम गर्न छोडेर दिउँसै मदिरामा लठ्ठ भएको पाइएको छ। धनगढी उप–महानगरपलिका–१९का वडा सचिव हरिप्रसाद भट्ट कार्यालय समयमा मदिरामा लठ्न हुने गरेको स्थानियले बताएका छन्।
मदिरामा लठ्ठ भएर वडा सचिव भट्ट दिनहुँ जसो कार्यालयमा उपस्थित हुदाँ सेवाग्राहीहरु कामकाजमा समेत बाधा पर्न थालेकोे भन्दै हैरान बन्ने गरेका छन्। धनगढी १९ का सेवाग्राही सुर्य सुनारले मृत्यु दर्ता र घरजग्गा सम्बन्धि सिफारीस गर्न गएको भएपनी काम नभएको बताए। उनले सचिव भट्ट कार्यालय समयमा मदिरामा लठ्ठ अवस्थामा भेटिने गरेको बताउँदै काम नै नभएको बताए। सचिव मदिरामा लठ्ठ हुने र सेवाग्रीको काममा ढिला सुस्ती भएको र सिफारिस लिन र मृत्य दर्ताको काम तीन दिन सम्म पनि नभएको गुनासो बताए।
यस्तै सो सम्बन्धमा निमित्त वडा अध्यक्ष हरेन्द्र ऐडी सचिव भट्टले कार्यलय समयमा मदिरा सेवान गरी सेवाग्राहीको काममा ध्यान नदिने गुनासो आएको बताए । आफुले यसरी कार्यलय समयमा मदिरा सेवन नगर्न भनेर सम्झाए पनि सचिव भट्टले बेवास्था गरेको बताए। निमित्त वडा अध्यक्ष ऐडीले आफुले सम्झाउन भएको बेला एक प्याक काम भयो भन्दै मदिरा पसल तिर लागेको बताए । उनले यस सम्बन्धमा उपमहानगरपलिकामा जानकारी गराउने बताएका छन् । यता वडा सचिव भट्टले संचारकर्मीसँग कुरा गर्दै तनाव भएका कारण मदिरा सेवन गरेको बताए । उनले भने माफ गर्नुहोला, काम गर्न कती गाह्रो छ, समाचार नछाप्नुहोला म ब्यबस्था गरि हाल्छु, उनले भने, तनाव हुन्छ त्यसैले खाने गरेको बताए ।