धनगढी। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभाको बुधबार बस्ने बैठकमा सहभागी नहुने संकेत गरेको छ। काठमाण्डौं डिल्लीबजारमा छलफलमा रहेका उन्मुक्तिका प्रदेश सभा सदस्यहरू नेता रेश्म चौधरीसंग छलफलमै रहेकाले बुधबार बस्ने बैठकमा सहभागी नहुने संकेत गरेका हुन्।
आज उन्मुक्तिका प्रदेश सभा सदस्य प्रदेश सभा बैठकमा नलिने बताउँछन् । हामी काठमाण्डौंमै छलफल र वार्तामा छौ संसदीय दलका नेता रामेश्वर चौधरी भन्छन् हेरौं भोली या पर्सि फर्कन्छौं । उनले मुख्यमन्त्री रावललाई माग र मुद्दा सम्बोधन गराउन समय दिए पनि गम्भीर नबनेको प्रतिक्रिया दिए ।प्रदेश सभाको बैठक बुधबार १ बजे बोलाईएको छ । मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूचि रहेको छ ।


