धनगढी। धनगढीमा विपद ब्यवस्थापनका योजना र प्रक्रियाका बारेमा छलफल गरिएको छ । धनगढी उपमहानगरपालिका,युरोपीयन युनियन,यूएनडीपी,युनीसेफ,यु एन ओमन, नेपाल रेडक्रस सोसाइटी कैलाली साखाको सहकार्यमा सो योजना र प्रक्रियाका बारेमा छलफल गरिएको हो। विपद ब्यवस्थापनका लागी बनेका निती नियम ऐन कानुन योजनाहरु छन् ।
धनगढी उपमहानगरपालीकामा विपद ब्यवस्थापन ऐन र विपद कोष सञ्चालन कार्यबिधी रहेकाले योजना नभएकाले यस्को प्रक्रियाको बारेमा छलफल गरिएको हो । उपमहानगरपालीका क्षेत्रमा विपद आएमा जनप्रतीनिधी तथा कर्मचारी कसरी खटिने, के को लागी खटिने, आपतकालीन अवस्थामा कस्ले को सँग सम्पर्कमा रहने, सुचना संकलन कसरी, राहातको लागी कस्ले समन्वय गर्ने भन्ने योजना बनाइने युएनडिपीका परामर्शदाता दिपक राज सुवेदीले बताए । उनले यी बिषयमा छलफल गरिएको बताउँदै अब कार्यान्वयन पक्षमा लैजान सजिलो हुने उनले बताए।
उनले विपद जोखीममा धनगढी उपमहानगरपालीका बाढी भन्दा डुवानको जोखीम बढी रहेको पाइएको बताए । उनले देशभर पनी भुकम्पको समस्या रहेको बताए । उपमहानगरपालीकामा बिगतका बर्षमा हावाहुरीले पनी क्षती पुर्याएको बताए । उनले पहिला प्रारम्भीक परामर्श तथा सुचना सँकलन भएको र संकलन भएको परामर्श र सुचनालाई बिश्लेषण गरी मस्यौदा र योजना बनाई सरोकार बालासँग सल्लाह तथा छलफल गरी मस्यौदामाथी छलफललाई अन्तिम रुप दिईने उनले बताए । यसरी बनाइएको मापदण्ड र योजना भएमा स्थानिय तथा प्रदेश स्तरमा विपद जोखीम न्यनिकरणमा टेवा पुग्ने उनले बताए ।