कैलाली। कैलालीको अत्तरियामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।सोमबार कैलालीको गोदावरी नगरपालिका – १ अत्तरिया (बसन्तपुर) मा बस्दै आएका बुद्धि सिंह बोगटीको करेन्ट लागेर मृत्यु भएको हो।डोटीको बोगटान फुड्सिल गाउँपालिका – ६ पलाडी घर भई बसन्तपुरमा बस्दै आएका थिए।
Advertisement



इलाका प्रहरी कार्यालय मालाखेतीले बोगटीले घरको छतमा फोनमा कुरा गर्दै गर्दा थ्रि फेज लाईनमा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको जनाएको छ। बोगटी दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया बिएड प्रथम बर्षमा अध्ययनरत थिए। उनको मृत्युको शोकमा आज क्याम्पसले शोक विदा दिएको क्याम्पस प्रमुख डा.डम्बर बहादुर पालले बताए। पालद्धारा जारी शोक पत्रमा क्याम्पसमा अध्ययनरत विद्यार्थीको निधनले क्याम्पस परिवार स्तब्ध भएको र शोक स्वरुप १ दिन क्याम्पसका सम्पूर्ण पठनपाठन कार्य बन्द रहने उल्लेख गरिएको छ।
Advertisement
