कञ्चनपुर। कञ्चनपुरमा चोरी मुद्धाका फरार कसुरदार पक्राउ परेका छन्। कञ्चनपुर जिल्ला अदालतको मिति २०७८ पुष २१ गतेको आदेसानुसार चोरी मुद्धाकाू फरार प्रतिवादी कञ्चनपुर भिमदत्त नगर पालीका ३ का सुरज भन्ने सुरेश कार्की पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजकै घरमा लुकिछिपि बसी रहेको अवस्थामा पक्राउ गरेको हो। उनलाई आज कञ्चनपुर जिल्ला अदालतमा पेश गराईएको र अदालतबाट उनलाई रु २००० जरिवाना र २ महिना कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले बताएको छ।