कञ्चनपुर। कञ्चनपुरमा बिशेष सुराकीको आधारमा १ लाख ३१ हजार बढीका अबैध समान बरामद गरिएका छन्। आज दिउँसो १२ बजे बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीगस्ती टोलीले अबैध समान बरामद गरेको हो।
कञ्चनपुर भिमदत्त नगरपालीका ४ भासी नजिक अवैध रुपमा भन्सार छली ल्याईएका बिभिन्न किसिमका तरकारीका बिउ, भाडाबर्तन र हार्डवायरका सर-सामान गरि १ लाख ३१ हजार २४८ मुल्यका बरामद गरीएको प्रहरीले जनाएको छ। बरामद गरिएका सामान आवश्यक कारवाहीकोलागी भन्सार कार्यालय गड्डा चौकी कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।