काठमाडौं। राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ। संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म बानेश्वरस्थित संसद भवनमा मनोनयन दर्ताको समय तोकिएको छ।
सचिवालयका अनुसार आजै अपरान्ह ४:१५ बजे उम्मेदवारीको सूची प्रकाशन गरिनेछ।राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएको १ वर्षपछि रिक्त पदमा भोलि निर्वाचन हुन लागेको हो।राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ। तर उम्मेदवारको नाम भने सार्वजनिक गरेको छैन। यता सत्ता गठबन्धनले पनि उम्मेदवारको टुंगो लगाएको छैन।