धनगढी : भुगोलका हिसाबले कैलाली सुदूरपशिचम प्रदेशको सुगम जिल्लाका रुपमा चिनिन्छ । तर भौगोलिक बिकटता अन्य पहाडी जिल्ला भन्दा कैलाली जिल्लामापनि कमी छैन । कैलालीका चुरे र मोहन्याल गाउँपालिका अन्य पहाडी जिल्लाझैँ दुर्गमा सथानिय तहका रुपमा चिनिन्छन् । यहाँका नागरिकहरु आधारभुत सुबिधाबाटै बञ्चित छन् । जिल्ला सदरमुकाममा बस्ने नागरिकहरु अधिकाशं सेवा सुबिधा उपभोग गरिरहँदा चुरे गाउँपालिकाका स्थानिय नागरिकहरुले सामान्य स्वास्थ्य सेवा समेत पाउन सकेका छैनन् । यही अवस्थालाई मध्यनजर गर्दै चुरे गाउँपालिकामा निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ ।
कैलाली जिल्ला बिकासका हिसाबमा सुगम जिल्लाका रुपमा चिनिएपनि जिल्लाका चुरे र मोहन्याल गाउँपालिका सुदूरपश्चिमका अन्य स्थानिय तह भन्दा बढी दुर्गमा गाउँपालिकामा रुपमा चिनिन्छन् । जिल्ला सदरमुकाममा मात्रै केन्द्रित हुने सबै कार्यक्रमहरुका कारण चुरे र मोहन्यालका स्थानियलाई कुनै बिकासका कार्यक्रमले छुन सकेको छैन । यही अवस्थालाई मध्यनजर गर्दै चुरे गाउँपालिकाका युवा क्लव तथा बिभिन्न सहयोगी संस्थाहरुले चुरे गाउँपालिकामा निशुल्क स्वास्थ्य शिबिर आयोजना गरेका छन् । दुर्गम ठाउँका नागरिकहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउनका लागी उनिहरुले निशुल्क स्वस्थ्य शिबिर आयोजना गरेका हुन् । सामान्य उपचारका लागी धनगढी तथा नेपालगन्ज धाउनुपर्ने चुरेका स्थानियहरुलाई गाउँमै निशुल्क स्वास्थ्य शिबिर आयोजना भएपछि निकै राहत भएको छ । उनिहरुले यस शिबिरलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
चुरेका गंगा साउँदले सामान्य उपचारका लागी धनगढी जानुपर्ने बाध्यतालाई यस शिबिरले अन्त्य गरेको बताइन् । उनले आफ्नो हड्डी सम्बन्धिको उपचार सेवा गाउँमै पाउँदा खुशी लागेको बताइन् । यस्तै चुरेकै बलबिर कामीले गाउँमै आफ्नो स्वास्थ्य चेकजाँच गराउँन पाउँदा खुशी लागेको बताए । सामान्य पेट दुख्दा समेत बाहिर जानुपर्ने अवस्थालाई यस शिबिरले अन्त्य गरेको उनले बताए ।
बसर युवा क्लव चुरेको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिबिरमा चुरे गाउँपालिका, धनगढी स्थित नोभा अस्पताल, गेटा आँखा अस्पताल, अत्तरिया स्थित गुराँस एकेडेमी, बास नेपाल लगायतले सहकार्य गरेको छ । निशुल्क स्वास्थ्य शिबिरका संयोजक बिवेक छेडालले यहाँका नागरिकहरुमा रोग लुकाएर राख्ने समस्यालाई अन्त्य गर्नकै लागी निशुल्क स्वास्थ्य शिबिर आयोजना गरेको बताए । यस शिबिरले यहाँका नागरिकमा भएको रोगको पहिचान हुनुका साथै भएका बिरामीहरुले स्वास्थ्य सेवा पाएको उनले बताए ।
निशुल्क स्वास्थ्य शिबिरमा चुरेका नागरिकहरुले नोभा अस्पतालका सबै चिकित्सकबाट सेवा लिनुका साथै गेटा आँखा अस्पतालका चिकित्सकबाट आँखा सम्बन्धी उपचार पाएका छन् । नोभा अस्पताल धनगढीका डक्टर भुवन ओझाले यहाँका आयोजकहरसंग सहकार्य गर्दै नोभा अस्पतालले बिषेशज्ञ चिकित्सक सहितको उपस्थितीमा शिबिर आयोजना गरेको बताए । सके यहाँनै रोग पत्ता लगाएर उपचार गर्ने र बाँकी उपचार गर्नुपरे धनगढी आउन आग्रह गरिएको उनले बताए ।
चुरे गाउँपालिका भौगोलिक बिकटता संगै स्वास्थ्यका हिसाबले निकै पछाडी भएका कारण निशुल्क स्वास्थ्य शिबिर आयोजना गरेको आयोजकले बताएको छ । यहाँका नागरिकहरुले रोग लुकाएर राख्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागी शिबिर आयोजना गरिएको आयोजकले बताउको छ । यस्ता शिबिरले यहाँका नागरिकमा आफ्नो स्वास्थ्यको चासो हुनुका साथै लुकेर रहेका रोगको पहिचान समेत हुने आयोजकको दावी छ ।
शिबिरमा मुख्य सहयोगीको भुमिकामा रहेका अत्तरिया स्थित गुराँस एकेडेमीका अध्यक्ष डम्मर कडायतले समाजसेवा अन्तरगत आफ्नो स्कुलले चुरेका गाउँबासीको उपचारका लागी शिबिरमा मुख्य सहयोगी भुमिका खेलेको बताए । गुराँस एकेडेमी यहाँ मात्रै नभएर अन्य क्षेत्रमा समेत सहयोग गर्दै आइरहेको बताउँदै कडायतले नागरिकको स्वास्थ्यमा गुराँस एकेडेमी सधैँ गम्भिर रहेको जनाए ।
निशुल्क स्वास्थ्य शिबिरलाई चुरे गाउँपालिकाले समेत सहयोग गरेको छ । स्थानिय सरकार आफैले गर्न नसक्ने कार्यहरुमा युवाहरुसंग सहकार्य गरेको बताउँदै गाउँपालिकाले ग्रामिण क्षेत्रमा यि शिबिरले निकै योगदान दिने जनाएको छ । काउँपालिका अध्यक्ष चक्र बोगटीले सहर जस्तै सहज गाउँबासीलाई नभएको तर्क गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे ।
चुरे गाउँपालिकामा एक क्लवले आयोजना गरेको निशुल्क शिबिरमा करिब एक हजार स्थानियले स्वनस्थ्य सेवा लिएका छन् । धनगढी नेपालगंज जान नसक्ने स्थानियहरुलाई यो शिबिरले निकै सहज भएको छ । क्लवहरुले मात्रै नभएर अब स्थानिय सरकारले हरेक महिना प्रत्येक वडामा यस्था शिबिर आयोजना गर्ने हो की ।