धनगढी। जीवन उपयोगी शिक्षा संस्कार र सँस्कृतिलाई जोड दिदै आएको धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशालाले सभ्य र भब्यताका साथ बार्षिकोत्सव तथा अविभावक दिवस मनाएको छ। शनिवार बिद्यालयको प्राङ्गणमा आयोजित बार्षिकोत्सव तथा अविभावक दिवस कार्यक्रम मनाएको हो।
बार्षिकोत्सव तथा अविभावक दिवस कार्यक्रममा चैतन्य पाठशालाले हरेक बर्ष शिक्षा साधना पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको छ। शिक्षालाई संस्कारसँग जोड्दै विद्यार्थीमा जीवन उपयोगी सिपसँगै आधारभुत मुल्य र मान्यताहरुको चेतना जगाउने उदेश्य बिद्यालयको योजना छ। बार्षिकोत्सव तथा अविभावक दिवसको अवसरमा चैतन्य पाठशालाले हरेक बर्ष शिक्षा साधना पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको हो।
जस अनुसार यस बर्ष शिक्षा साधना पुरस्कार २०७९ बाट शिक्षा विद् डाक्टर हेमराज पन्तलाई २५ हजार २५ रुपैँया प्रदान गरिएको छ । पुरस्कारबाट बिजेता शिक्षा विद डाक्टर हेमराज पन्तले सामाजिक क्षेत्रमा लगाउने बताए। यस्तै कार्यक्रममा बिभिन्न ब्यक्तीहरु सम्मानित भएका छन्। जसमा शिक्षा क्षेत्र, प्रसासन, साहित्य क्षेत्र, समाजसेवा, खेलकुद क्षेत्रबाट बिभिन्न ब्यक्तीहरु सम्मानित भएका हुन्। जसअनुसार शिक्षा क्षेत्रमा योगदान पु¥याएबाफत प्राध्यापक डाक्टर धर्मराज उपाध्याय कैलाली बहुमुखी क्याम्पस प्रमुखलाई सम्मानित भएका छन्।यस्तै ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टलाई पनी शिक्षा क्षेत्रमा योगदान पु¥याएबाफत सम्मानित गरिएको छ। प्रसासन क्षेत्रमा योगदान पु¥याएबाफत सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिब रामबन्धु सुवेदी सम्मानित भएका छन्। यस्तै साहित्य क्षेत्रमा योगदान पु¥याएबाफत साहित्यकार तथा मदन पुरस्कार बिजेता रामलाल जोशीलाई तथा समाजसेवा मार्फत योगदान पु¥याएबाफत दृष्टी फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टलाई सम्मान गरिएको छ। यस्तै खेलकुद क्षेत्रबाट योगदान पु¥याएबाफत राष्ट्रिय खेलाडी महिला क्रिकेट टिमकी स्नेहा महरा सम्मानित भएकी छिन्। यस्तै ह्यमानिटी फाउन्डेसनका महासचिब तथा पत्रकार दीर्घराज उपाध्यायलाई पनी सम्मान गरिएको बिद्यालयले जनाएको छ।
उनीहरुलाई सम्मान पत्रसहित प्रमुख अतिथीबाट सम्मान गरिएको हो। कार्यक्रममा बर्षभरी बिभिन्न बिद्यामा उत्कृष्ठ बिदार्थीलाई पुरस्कार बितरण गरिएको थियो। यस्तै आर्दश अबिभावक अन्तरगत १५ जनाअबिभावकलाई कदरपत्र सहित सम्मान गरिएको छ। बिद्यालयका प्रधानाध्यापक हरि प्रसाद जोशीले बिद्यालयको शैक्षिक गतिबिधी र अवधारणा प्रस्तुत गरेका थिए। कार्यक्रमका सभापती तथा चैतन्य पाठशाला अध्यक्ष गणेश प्रसाद जोशीलेसभ्य तथा भव्यताका साथ कार्यक्रम सम्पन्न गर्नमा सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद ब्यक्त गरेका छन् ।कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न साँस्कृतीक कार्यक्रमहरु राखेका थिए।