धनगढी। कैलालीका दुई युवक लागुऔषधसहित पक्राउ परेका छन्। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० तुल्सीपुरका २० वर्षिय जीवन शाह र १९ वर्षिय मीनबहादुर रावल पक्राउ परेका हुन्।
उनीहरुलाई कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ वैशाखाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरुलाई नेपाल–भारत सीमा क्षेत्रमा से. ५ प. ६६१४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट १३ दशमलव ७८० ग्राम खैरो हिरोइन फेला परेको हो।उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको हो।