कैलाली। कैलालीको अत्तरियाबाट १ किलो बढी चरेश सहित १ जना पक्राउ परेका छन । गोदावरी नगरपालिका २ बसपार्कबाट बझाङको छब्बिस पाथिभारा गाउँपालिका- ६ बस्ने २९ बर्षीय सत्य नारायण फुलारा चरेश सहित पक्राउ परेका हुन ।
Advertisement



उनलाई बिशेष सूचनाको आधारमा बसपार्क पहाड लाईनमा धन बहादुर बुढाले संचालन गरेको छब्बिस पाथिभारा बझाङ होटलको ३ नम्बर कोठाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
शुक्रबार साँझ सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेती खटीएको संयुक्त प्रहरी फुलारालाई पक्राउ गरेको थियो । उनको साथबाट चरेश जस्तो देखिने कालो बस्तु १ किलो ५ ग्राम बरामद गरी नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement

Advertisement

Advertisement
