धनगढी। धनगढीमा विपदसम्बन्धी आकस्मीक प्रतिकार्य टोलीकालागी २ दिने आगलागि नियन्त्रण सम्बन्धि तालिम सञ्चालन भएको छ। धनगढी उपमहानगरपालिका,युरोपीयन युनियन,यूएनडीपी,युनीसेफ,यु एन ओमन, नेपाल रेडक्रस सोसाइटी कैलाली साखाको सहकार्यमा सो तालिम भएको हो।
धनगढी उपमहानगरपालिका वडा न २ का आकस्मित प्रतिकार्य टोलीलाई दुई दिने आगलागि नियन्त्रण सम्बन्धि तालिम रहेको छ। तालिम प्रशिक्षक भरतपुर महानगरपालिकाका दमकल शाखा ईन्चाज देवेन्द्रराज रेग्मीले दिइरहेका छन्।
तालिममा आगलागी न्युनिकरणकालागी पुर्वतयारी, जोखीम,सुरक्षाको बारेमा तालिम दिइएको छ। तालिममा ४२ जनाको सहभागिता रहेको छ।जसमा ४० जना CERT र २ जना दमकल चालक रहेका छन्।आकस्मीक प्रतिकार्य टोलीलाई फिल्डमा लगेर आगलागी सम्बन्धी प्रतिकार्य अभ्यास समेत गराइएको तालिममा सहभागी बिकास नेपाली जानकारी दिएका छन्। उनले कार्यक्रम सञ्चालन गर्दै तालिमलाई राम्रो सँग सिक्न समेत अनुरोध गरेका छन्। कार्यक्रममा धनगढी नगरस्तरिय प्राबिधिक प्रमुख बिराज पोख्रेल, धनगढी उपमहानगरपालका वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझा लगायतअतिथीहरुको सहभागीता रहेको थियो ।