कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रोजन्द्र रावलले बिश्वासको मत लिनेबारे टुङ्गो लाग्न सकेको छैन। माघ ११ गते बिश्वासको मत लिने बताएका मुख्यमन्त्री रावल नागरिक उन्मुक्तीले सर्मथन नदिने बताएपछि शिर्ष नेता सँग छलफल गर्न भन्दै काठमाण्डौँ गएका थिए।
तर नागरिक उन्मुक्तीले आफ्ना माग सम्बोधन नभएसम्म मुख्यमन्त्रीमा समर्थन नगर्ने भनेपछि उनी काठमाण्डौमा छलफल गर्न गएपनी ठोस निश्कर्ष नभएपछि उनी गृह प्रदेश फकिएका थिए। मुख्यमन्त्रीमा नियक्त भैसकेका मुख्यमन्त्री रावल करिब ३ साता बित्दासम्म उनले बिश्वासको मत लिन सकेका छैन्न्। प्रदेश सभाको बैठक पनी अनिश्चित बनेको छ भने मुख्यमन्त्री रावलले अझैपनी कहिलेसम्म बिश्वासको मत लिनेभन्नेबारेमा यकिन भइसेकेको छैन्।
अहिलेसम्म बैठक बस्नेबारे कुनै टुङ्गो नै नलागेकोे प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । विश्वासको मत लिने कुरामा दलहरूबीच सहमति हुन नसक्दा प्रदेश सभाको बैठक अनिश्चित बनेको छ । अब बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री रावलले एक महिना भित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
विश्वासको मत लिन नसके सम्भवतः उनको पद जानेछ।
विश्वासको मतबारे सत्ता साझेदार दलहरूबीच अझै सहमति हुन सकेको छैन । यता आज प्रहरीले नागरिक उन्मुक्ति पार्टीका कैलाली निर्वाचन क्षेत्र २ बाट चुनाव जितेका अरुण कुमार चौधरीलाई पक्राउ गरेपछि उन्मुक्ति पार्टीले समर्थन गर्नेकुरा झनै पेचिलो बन्दै गएको छ । नागरिक उन्मुक्ति पार्टीकि अध्यक्ष रन्जिता चौधरीले आफ्नो पार्टीको मुद्दा कारागारमा रहेका रेशम चौधरीको रिहाइ रहेकोमा झन् राज्यबाट पहिले नै टुंगी सकेको मुद्दामा सांसद अरूण चौधरीलाई पक्राउ गरेपछि समर्थन दिइरहनुको कुनै औचित्य नरहेको बताइन्।
यसअघि माघ ११ गते प्रदेश सभाको बैठक बोलाइएको थियो। तर बैठक नै नबसी अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो ।
५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ। माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाको एक गरी सत्तापक्षमा २१ मत छ। सात सिट रहेको नागरिक उन्मुक्तिले साथ दिए मात्र सत्ता पक्षको बहुमत पुग्छ । प्रदेश सभामा प्रतिपक्षमा कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र एकजना स्वतन्त्र सांसद छन्।