काठमाडौं। एकीकृत समाजवादीका नेता धनश्याम भुसालको गाडी दुर्घटना भएको छ। नयाँ बानेश्वरमा गाडी अनियन्त्रित भई सडकमा राखिएको डिभाइडरमा ठोकिएको हो। बा १६ च १३८४ नम्बरको कार दुर्घटना भएको हो।
गाडीमा नेता भुसाल र अर्का एक व्यक्ति थिए।आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका थिए । नेता भुसाललाई उपचारको लागि सिभिल अस्पताल लगिएको छ। उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ। गाडीमा भने क्षति पुगेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।