धनगढी : धनगढीको नवदुर्गा माध्यमिक बिद्यालयमा लागु औषध बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर २ स्थित नवदुर्गा माध्यमिक बिद्यालयमा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कटक भण्डारी फाउण्डेशनको आयोजना तथा धनगढी उप महानगरपालिका वडा नम्बर २ को सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय लागु औषध दुब्र्यवसनीमा फस्ने युवा युवती संख्या बढ्दै गएको परिवेशलाई मध्यनजर गर्दै फाउण्डेशनले सचेतनामुलक कार्यक्रमको आयोजना गरेको जनाएको छ । फाउण्डेशनका अध्यक्ष गणेश भण्डारीले अहिलेका अधिकाशं युवा युवतीहरु लागु औषधको दुब्र्यवसनीको सिकार बनिरहेकाले यसलाई कसरी रोक्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए ।
फाण्डेशनले यहाँका किशोर किशोरीहरुलाई सचेत गराएर लागु औषधको दुब्र्यवसनीबाट कसरी रोक्न सकिन्छ भनेर यस्ता कार्यक्रम गरिरहेको भण्डारीले बताए । कार्यक्रममा लागु औषध दुब्र्यवशनी परेकाहरुलाई स्याहार गर्दै आएको शन्देस नेपालका प्रमुख पवन कुमार सेरचनले लागु औषध प्रयोगकर्ताको अवस्था बारे प्रकाश पारेका थिए ।
म आफै बिगतमा लागु औषध प्रयोगकर्ता भएका कारण के समस्या भोग्नुपर्छ मैले सबै बुझेको छु सेरचनले भने “लागु औषध प्रयोगकर्ताले आफ्नो ज्यान मात्रै जोखिममा पार्दैन अन्य सबै घर परिवारलाई समेत जोखिममा पारेको हुन्छ, परिवारको इज्जत र आफ्नो स्वास्थ्यका लागी भएपनि लागु औषधको कुलतमा नफस्न म आग्रह गर्छु, यसको कुलतमा फसिसकेपछि कि सुध्रिनुपर्छ कित मर्नुपर्छ। सुध्रिने निकै कम हुन्छन् त्यस कारण यसको कुलतमै नफस्न म आग्रह गर्दछु ।”
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक सरस्वती अधिकारीले लागु औषध बारे बिद्यार्थीहरुलाई जानकारी गराएकि थिइन् । अधिकारीले लागु औषध प्रयोग तथा बिक्रि वितरण गरेको पाइएमा नेपालको कानुन अनुसार हुने सजायका बारेमा जानकारी गराएकी थिइन् । उनले लागु औषध प्रयोग तथा बिक्रि वितरण गरेमा २५ बर्ष कैद तथा करोड सम्मको जरिवाना हुने भएकाले त्यस तर्फ नलाग्न बिद्यार्थीहरुलाई आग्रह गरिन् । गत आर्थिक बर्षमा मात्रै कैलालीमा ३ सय बढी लागु औषधका मुद्धा दर्ता भएकोमा यस आर्थिक बर्षको ६ महिनामै एक सय बढी मुद्धा दर्ता भएको उनले बताइन् । यि मुद्धामा कमी ल्याउन सबै सरोकारवाला निकाय, बिद्यार्थी अबिभावक सचेत बन्नुपर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा धनगढी उप महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष बुद्धि बहादूर खड्का, वडा नम्बर ३ का अध्यक्ष राज बहादूर ऐर तथा वडा नम्बर २ का अध्यक्ष धर्मराज ओझाले लागु औषध बिरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । स्थानिय सरकारले खेल्नुपर्ने भुमिकामा सहकार्य गर्ने आश्वासन दिदै वडा अध्यक्षहरुले बिषेशगरी किशोरा अवस्थामा बालबालिका लागु औषधको दुब्र्यवसनीमा फसिरहेका कारण अबिभावक सम्वेदनशिल बन्नुपर्नेमा जोड दिएका थिए । यस्ता कार्यक्रमलाई वडा नम्बर २ मा निरन्तरता दिने वडा नम्बर २ का अध्यक्ष ओझाले बताए । यस्तै ३ नम्बर वडाका अध्यक्ष राज बहादूर ऐरले कटक भण्डारी फाउण्डेशनलाई सहकार्यका लागी आग्रह गरे ।
कार्यक्रममा बोल्दै पुर्ब प्रहरी बरिष्ठ उपरिक्षक मोहनराज जोशीले प्रहरी प्रशासन एक्सनमा नउत्रिदासम्म कैलालीमा लागु औषध नियन्त्रणमा चुनौती रहेको बताए । आफू कैलाली जिल्ला प्रहरी कार्यालयको प्रमुख हुँदा गरेका उपलब्धी सुनाउँदै जोशीले निर्मुल गर्न नसकेपनि नियन्त्रण पक्कै हुने बताए । एउटा कार्यक्रम ल्याएर धनगढी उप महानगरसंग सहकार्य गर्दै हामी लागु औषध बिरुद्धको काम गर्न लागेका छौँ उनले भने “यस कार्यक्रमलेपनि धनगढीमा बिकराल रुप लिइरहेको लागु औषधको समस्यालाई केही हदसम्म नियन्त्रणमा ल्याउने छ, र बिषेश भुमिकामा बिद्यार्थीका अबिभावकनै रहनुपर्दछ ।” एदी कसैको बालबच्चाले सानोतिनो घरको चोरी गर्न लागे, एकान्तमा जान लागे, निगरानी गर्नुस उनले भने “अबिभावकले दिनहुँ आफ्ना छोराछोरीको अवस्था कहाँ गइरहेको छ, के खाइरहेको छ, कस्ता साथीहरुसंग संगत गरिरहेको छ लगायत बिषयको निगरानी गर्नुपर्छ र स्थानिय तहले नियन्त्रणमुखी कार्यक्रम संगै सुधार गृहबाट फर्केकाहरुलाई स्वरोजगारमुखी कार्यक्रम ल्याउनुपर्छ ।”
कार्यक्रममा पत्रकार बिरेन्द्र रावललगायतले लागु औषध बिरुद्ध कसरी लाग्ने भनेर सचेतना सहित आफ्ना प्रस्तुती राखेका थिए । नवदुर्गा माध्यमिक बिद्यालयमा अध्यायनरत ८,९ र १० कक्षाका बिद्यार्थीहरुलाई सचेतना कक्षा दिइएको हो । कार्यक्रममा नवदुर्गा माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक खगेन्द्र अवस्थीले कार्यक्रममाथी प्रकाश पारेका थिए । महिला स्वास्थ्य स्वयम सेबिका धनगढी उप महानगर संयोजक असम्बका भण्डारी धनगढी वडा नम्बर २ की संयोजक लिला पोखरेल, त्रिनगर प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरिक्षक राजेन्द्र कार्की, बिओपी त्रिनगरका सशस्त्र प्रहरी सहायक निरिक्षक गोबिन्द जोशी, समाजसेवी हेमराज भण्डारी, नवदुर्गा माध्यमिक बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष तपराज ओझा लगायतको सहभागिता थियो ।