धनगढी। कैलालीको धनगढीमा एक युवक मृत अवस्थामा फेला परेका छन । भारतबाट फर्किएका कैलालीको मोहन्याल गाउँपालिका–१ का ३९ वर्षीय प्रकाश घर्तीमगर धनगढीको एक होटलमा मृत फेला परेको प्रहरीले बताएको छ।
Advertisement



जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बसपार्कस्थित चन्द्रदिप मिलन बोक्टान होटलमा आराम गर्न भन्दै बसेका घर्तीमगर होटलको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएको बताए। घर्तीमगर बिहीबार बिहान ९ बजे भारतको रत्नागिरीबाट धनगढी पुगेर होटलमा शौचालय गएका थिए। शौचालयबाट धेरै बेरसम्म नफर्किएपछि उनीसँगै आएका बर्दगोरिया गाउँपालिकाको बौनियाका छत्रबहादुर चन्दले प्रहरीलाई खबर गरेका थिए। भिडियोसहित तल हेर्नुहोस्
Advertisement
