कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध सहित ३ जना पक्राउ परेका छन्। बुधबार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भिमदत्त नगरपालीका ४ सब्जीमण्डी स्थित करन सिह साउँदको घरबाट २ जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा भिमदत्त ४ का लोक बहादुर साउँद र भिमदत्त २ का डम्वर शाहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरु बसेको कोठाबाट लागुऔषध चरेश १ दशमलव ६६४ किलोग्राम तौलसहित दुबै जनालाई पक्राउ गरेको हो। यस्तै बुधबार साँझ साढे ५ बजे बिशेष सुराकिको आधारमा कञ्चनपुर भिमदत्तनगर १८ बाट पनी एक जनालाई प्रहरीले गरेको छ। भिमदत्तनगर १८ स्थीत रेखा बडुको घर कोठाबाट लागुऔषध १६७ ग्राम चरेशसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरु तिन जनालाई पक्राउ गरि अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।