धनगढी : धनगढीमा एसियाली विकास बैँकको श्रृण सहयोगमा सञ्चालन भएको क्षेत्रीय सहरी विकास आयोजनाको १० किलोमिटर सडक निर्माणको काम समयमा सम्पन्न हुन सकेको छैन । २०७७ साउन २८ गते २ बर्षमा सडक निर्माण सम्पन्न गर्ने गरी कालिका कन्सट्रक्सन प्रा.ली संग सम्झौता भएपनि सो अवधीमा सडक निर्माणको काम सम्पन्न हुन सकेको छैन । २०७९ पुस १६ सम्म काम सम्पन्न गर्ने गरी ठेक्का पाएको कालिका कन्सट्रक्सनले हालसम्म ६२ प्रतिशत मात्रै भौतिक प्रगती गरेको छ । बर्तमान सहरी बिकास मन्त्री बिक्रम पाण्डे सञ्चालक रहेको कालिका कन्सट्रक्सनलेनै समयमा काम सम्पन्न नगरेपछि कन्सट्रक्सन र मन्त्री पाण्डेको आलोचना बढेको छ ।
बर्तमान सहरी बिकास मन्त्री रहेका बिक्रम पाण्डे सञ्चालक रहेको कालिका कन्सट्रक्सन प्रा.लीले ठेक्का लिएका अधिकासं निर्माण कार्य अलपत्र रहेको खबर आइरहँदा कैलालीमा निर्माणाधिन सडकको कामपनि समयमा सम्पन्न हुन सकेको छैन । सहरी बिकास मन्त्रालय माथहतका कार्यालयका कामको अधिकासं ठेक्का लिइरहने पाण्डे यस पटक आफै सोही मन्त्रालय सम्हाल्न पुगेका छन् । सहरी बिकास मन्त्री पाण्डेकै कम्पनिले काम अलपत्र बनाएपछि उनको निकै आलोचना बढेको छ । कैलालीको धनगढीमा निर्माणाधिन क्षेत्रिय शहरी बिकास आयोजनाका सडकहरु पाण्डेकै कम्पनिले समयमा निर्माण गर्न सकेको छैन ।
शहरी बिकास तथा भवन निर्माण बिभाग संघिय आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर सौरभ कलौनीका अनुसार २ बर्ष भित्र काम सम्पन्न गर्ने गरी २०७७ साउन २८ गते धनगढीको १० किलोमिटर सडक निर्माणका लागी सम्झौता भएको थियो । गत पुस १६ गते सम्झौता अवधी सम्पन्न भइसकेपनि हालसम्म ६२ प्रतिशत मात्रै भौतिक प्रगती भएको कलौनीले जानकारी दिए । कलौनीका अनुसार कम्पनिले २०८० जेठ १७ सम्मका लागी म्याद थप गर्न निवेदन दिएको छ ।
पहिलो चरणमा १० किलोमिटर लम्बाईका ७ वटा सडक ७६ करोड ९० लाख ७६ हजार ५ सय ३५ मा निर्माण गर्नेगरी सम्झौता भएको थियो । धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाईको हुलाकी सडक–जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४ सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रका लागि गत असारमा सम्झौता भएको थियो ।
यि सडकको निर्माण अवधी सकिदासम्म भौतिक प्रगती ६२ प्रतिशत मात्रै भएपछि यहाँका नागरिक निर्माण कम्पनिसंग रुस्ट बनेका छन् । धनगढीका बसन्तराज गिरिले निर्माण कार्य समयमै नसक्ने परिपार्टीले जहिले जनताले दुख पाउनु परेको बताए । निर्माण कम्पनिलेनै बेइमानी गर्ने गरेका कारण जनताले सधैँ मार खेप्नुपरेको बताउँदै उनले चाँडै काम सक्न आग्रह गरे । बिभागिय मन्त्रीकै कम्पनिले निर्माण कार्य समयमा सम्पन्न नगरेपछि उनि माथी नैतिकताको प्रश्न उठेको छ । जनतालाई दुख दिने तर आफै निति बनाउने निकायमा हुँदा समेत काम नगर्ने भन्दै आम नागकिहरु आक्रोसित छन् । धनगढीका यि सडक निर्माण गरिरहेको कालिका कन्सट्रक्सनका सञ्चालक समेत रहेका मन्त्री पाण्डेले अबको ५ महिनाभित्र काम सम्पन्न नगरे उनि बिरुद्ध उत्रिने संकेत यहाँका नागरिकहरुले गरेका छन् ।
धनगढीका राम बहादूर बोगटीले नेतृत्वमा पुग्नेहरुबाटै जनताले धोका खानुपरेको बताए । अहिले शहरी बिकास मन्त्री आफै बिक्रम पाण्डे हुनुहुन्छ उहाँले अरुलाई समेत कडाई गर्नुपर्ने हो तर आफैले काम अलपत्र छोड्नुभएको छ उनले भने “उहाँ जनताका लागी काम गर्नु भन्दापनि आफ्नो स्वार्थका लागी त्यो मन्त्रालय सम्हाल्न जानुभएको छ भन्ने मलाई लाग्छ, एदी उहाँको काम गर्ने इच्छाशक्तीनै हो भने ५ महिनाभित्र सडकको सम्पुर्ण काम सम्पन्न होस अनी हामीले मान्नेछौँ नत्र बिद्रोहमा उत्रिनुपर्ला ।”
कोरोना लगायत बिविध कारण देखाउँदै ५ महिना म्याद थपका लागी आवेदन दिएको कम्पनिलाई आयोजनाले म्याद थप दिने जनाएको छ । तर २ बर्षको अवधीमा भएका काम अनुसार अबको ५ महिनामा करिब ४० प्रतिशत काम हुने सम्भावना देखिदैन । त्यस कारण मन्त्री पाण्डेको नजर यहाँका सडकतिरपनि जानुपर्ने आवश्यक देखिन्छ ।